jhapaonline add

झापा, ९ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रमा एक जना महिलाको मृत्यु भएको छ । बिर्तामोड–५ किरातचौक उक्त सुधार केन्द्रमा इलाम नगरपालिका–४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको हो । विगत ३ महिनादेखि सुधारका लागि बस्दै आएकी उनी सोमबार राति १०ः१५ बजेको ट्वाइलेट जाने क्रममा लडी बेहोस भई सुधार केन्द्रको संस्थापक तिलरुपा कटुवालले उपचारको लागि मनमोहन अस्पताल लगेको र थप उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला…

Read More

बिर्तामोड, ९ बैशाख । स्वतन्त्र पार्टी बिर्तामोड नगर समितिको अधिवेशनबाट दिपक दाहालको नेतृत्व चयन गरेको छ । बिर्तामोड–२ स्थित बालुवाटार रिसोर्टको सभाहलमा सम्पन्न भेलाले नगर उपसभापतिमा अनुप निरौला, सचिवमा सृजन अधिकारी, सहसचिव मनोज राजवंशीलाई चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा सावित्रा खनाल, जितेश अग्रवाल, ललिता लिम्बू, विष्णु थापा, चन्द्रादेवी भट्टराई, कल्पना बयलकोटी, रोहित न्यौपाने, अम्बिका राय र रामबहादुर बस्नेत रहेका छन् । कार्यक्रममा माननीय संसद निशा डाँगी, टिका संग्रौला ज्वाला, सरिन याक्खा तामाङ, जिल्ला सभापति प्रकाश पाठक, निवर्तमान प्रदेश प्रमुख ओम भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।

Read More

झापा, ९ बैशाख । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Read More

झापा, ९ बैशाख । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरी टोलीले मोरङको सुनबर्षी नगरपालिका–९ स्थितबाट वेवारिसे अवस्थामा कपडाको झोला भित्र राखेको अवैध लागूऔषध ट्रामाडोल ५ हजार क्याप्सुल फेला पारी बरामद गरेको हो । त्यसैगरी सुनसरीको धरान–६ बाट सोही स्थानका २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरीलाई २ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित सुनसरीको प्रहरी चौकी पानबारीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

Read More

रुपन्देही, ९ बैशाख । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार बिहान फेला परेको हो। उनीहरू दुवै सोही स्थानका स्थानीय बासिन्दा हुन्। सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका थिए। तीमध्ये १४ वर्षीय राज यादवको शव सोमबार साँझ नै फेला परेको थियो। बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली सोमबार राति नै परिचालन गरिएको थियो। टोलीले मंगलबार बिहान बाँकी दुई बालकको शव…

Read More

झापा, ९ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका–११ स्थित शिवनगरमा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ। आज बिहान जलेको अवस्थामा पुरुषको शव भेटिएको हो। सडक छेउमा शव नजिकै जलेको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ। मोटरसाइकल भन्दा केही पर घोप्टो परेको अवस्थामा शव पूरै जलेर क्षतविक्षत अवस्थामा फेला परेको छ भने शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीयले घटना शंकास्पद भएकाले सुक्ष्म अनुसन्धानको माग गरेका छन् । घटनास्थल नजिकै मोबाइल र वालेट (पर्स) भेटिएको छ । स्थानीयले उक्त शव बेलडाँडी गाउँपालिका निवासी हरिकृष्ण रानाको रहेको दाबी गरेका छन् । तर, प्रहरीले मृतकको पहिचान यकिन नभएको जनाएको…

Read More

कनकाई, ९ बैशाख । झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीमार्गको करिब पाँच किलोमिटर सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा कनकाई–४ र ५ नम्बर वडा हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको कालोपत्रे गर्ने काम बैशाख ७ गतेदेखि शुरु भएको हो । कूल ११ किलोमिटर लामो लक्ष्मीमार्गको छ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी पाँच किलोमिटर सडकको निर्माण कार्य यही बैशाखभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो । कनकाई नगरपालिकाको एकल ६५ लाख रुपैयाँको लागतमा ७ सय मिटर , प्रदेश सरकार र स्थानीय तहको साझेदारी अर्थात कनकाई नगरको ४५…

Read More

झापा, ९ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर…

Read More

झापा, ९ बैशाख । आगामी वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा–१२ को वार्षिक परीक्षाबारे निर्णय लिन आज बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । कक्षा १२ को परीक्षा बैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए । उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए । विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा…

Read More

झापा, ९ बैशाख । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत…

Read More