jhapaonline add

ताप्लेजुङ, ४ चैत । सरकारले पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माण विरोधको पक्षमा रहेकालाई लिखित रूपमा पत्र पठाएसँगै आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय १० सदस्यीय समिति गठन गरेको जनाएको हो । वार्ता सहजीकरण लागि सरस्वता सिंघक (सरु) को संयोजकत्वमा समिति चयन गरेको छ । समितिमा कुमार लिम्बू, सूर्यविक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, सूर्यप्रकाश मावोहाङ (आलोक) र अर्जुन जुम्नेली राईलाई चयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय सङ्घर्ष समितिलाई…

Read More

झापा, ४ चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जानकारी दिएको छ । परीक्षा नियन्त्रक पौडेलले, ‘गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१…

Read More

झापा, ४ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आइतबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली…

Read More

झापा, ३ चैत । झापामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना तथा सव डिभिजन वन कार्यालय धाइजनको समन्वयमा आजबाट साता ब्यापी कार्यक्रम सुरु भएको हो । ‘डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ,’ वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्डसहित मेचीनगरस्थित चारआलीमा रहेको प्रगति सामुदायिक वनबाट सुरु गरिएको सचेतना ¥यालीले चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो । ‘वन डढेलो नियन्त्रण गरौं, वन जङ्गल जोगाऔं, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित वन डढेलो नियन्त्रण अभियान सुरु भएको मेची सव डिभिजन वन कार्यालयका…

Read More

द्रोण अधिकारीभद्रपुर, ३ चैत । झापा सदरमुकाम चन्द्रगढीमा निर्माण अलपत्र परेको गिरिजाप्रसाद कोइराला स्मृति सभा गृह राजनीतिक स्वार्थको द्वन्द्वका कारण नबन्ने अवस्था आएको छ । निर्माण सुरू हुनु पूर्व नै काँग्रेस र कम्युनिष्टको राजनीतिक स्वार्थको चेपुवामा परेको सो भवन नबन्ने अवस्थामा पुग्नुको मुख्य दोष नेकपा एमाले, नेपाली काँग्रेस र राजतन्त्र पक्षधर राप्रपाको राजनीतिक स्वार्थको द्वन्द्व प्रमुख कारण रहेको हो । गणतन्त्र नेपालको स्मृतिमा निर्माण थालिएको भनिएको गिरिजाप्रसाद कोईराला स्मृति सभा गृह (जीपी भवन) को निर्माणकार्य कानूनी अड्चनले पूर्ण रूपमा रोकिएको छ । सभा गृह वि सं २०७२ साल असारमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेर निर्माण थालिएको भए…

Read More

झापा, ३ चैत । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा एम्बूलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पञ्चावति–४ घर भइ मोरङको बुढीगंगा–२ स्थितमा बस्दै आएका २४ वर्षीय आशिष राई रहेका छन् । चैत २ गते राति पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ नम्वरको एम्बुलेन्स अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा घाइते भएका चालक राईको विराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, ३ चैत । झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध ब्राउसुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २ गते विराटनगर महानगरपालिका–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटा शहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–२ का २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिस तामाङ, २० वर्षीय रोहन निरौला, २६ वर्षीय मानव लिम्बूलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय कुमरखोद झापाले बिर्तामोड नगरपालिका–४ का अभिषेख साहलाई…

Read More

कनकाई, ३ चैत । झापाको कनकाईमा भएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको छ । कनकाई खेलकुद प्रतिष्ठानले गर्दै आएको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काँकरभिट्टा महिला फुटबल टिमलाई ३—० गोलको अन्तरले पाखा लगाउँदै कनकाईले उपाधि चुमेको हो । उपाधिसँगै कनकाईले १ लाख १ हजार नगद सहित मेडल, ट्र««फी र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको काकरभिट्टा महिला फुटबल टिमले नगद ५१ हजार सहित मेडल, ट्र«फी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा कनकाई महिला फुटबल टिमकी जेनिफर राना म्यान अफ द म्याच घोषित…

Read More

झापा, ३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ, क्यानेडियन डलर एकको…

Read More

झापा, ३ चैत । केलियन एमबाप्पेको दुई गोल सहयोगमा भिल्लारियललाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। शनिबार राति भएको खेलमा रियलले भिल्ला रियलमाथि २–१ को साँघुरो जित हासिल गरेको हो। खेलको सातौँ मिनेटमै जुआन फोइथको गोलमा रियल खेलमा १–० ले पछि परेको थियो। तर त्यसको १० मिनेटपछि रियलले गोल फर्काउँदै खेलमा पुनरागमन गरेको थियो। खेलको १७औँ मिनेटमा एमबाप्पेको गोलमा रियल बराबरीमा आएको थियो। २३औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई जित दिलाए। जितसँगै २८ खेलबाट ६० अंक बनाएको रियल शीर्ष स्थानमा छ। २६ खेलबाट ५७ अंक भएको बार्सिलोना दोस्रो स्थानमा छ। रियलसँग पराजित भिल्लारियल…

Read More