
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १९ चैत । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम…
बिर्तामोड, १८ चैत । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको इष्टर्न साहारा कम्पनी लिमिटेड नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा परेको छ । सेबोनले आईपीओ स्वीकृतिका लागि इष्टर्न साहारा कम्पनीलाई मंगलबारबाट पाइपलाइनमा राखेको होे । इन्भेष्टमेन्ट सेक्टरबाट आईपीओ स्वीकृतिका लागि सेबोनको पाइपलाइनको पाँचौं नम्बरमा रहेको छ इष्टर्न साहारा कम्पनी लिमिटेड । सर्वसाधारणका लागि २७ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको इष्टर्न साहारा कम्पनी लिमिटेडको विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । दीगो लगानीका लागि हरित लगानी भन्ने नाराका साथ ०७९ मंसीर ११ गते स्थापना भएको इष्टर्न साहारा कम्पनीले हरित लगानीमार्फत दीगो समृद्धि सिर्जना…
झापा, १८ चैत । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित नौ जनालाई पक्राउ गरिएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ स्थितबाट प्र.१–०१–०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका–१२ का सन्तोष लिम्बू पछाडि सवार ओम नरायण मण्डल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउनसुगरसहित र मे ४ प ८२७४ नम्बरको मोटरसाइकल चालक भद्रपुर–९ का रेसल खड्का पछाडि सवार सन्दिप राजवंशी र प्रविण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका–८ का छितिज तामाङलाई…
झापा, १८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको…
झापा, १८ चैत । गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा डिल्ली बजार कारागार काठमाडौबाट फरार भएका एक कैदी झापाको दमकबाट पक्राउ परेका छन् । लागुऔषध कसुरमा कैद भुक्तान गरिरहेका दमक नगरपालिका–८ का ३४ वर्षीय सन्जोग भट्टराई मंगलबार दिउँसो दमक–७ पशुहाटबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक राखिएको छ भने आवश्यक कारबाहीका लागि सम्बन्धित कारागारमा पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १८ चैत । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ः२२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
झापा, १८ चैत । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही…
गोपाल काफ्लेझापा, १७ चैत । ईसेवामा कारोबार गर्नुभएको तपाईंलाई तीन हजार रुपैयाँको पुरस्कार परेको छ भनी बैंकिङ विवरण र पासवर्डसमेत लिएर आज राति पनि ह्याकरले भद्रपुर १० की आशा ढकालको ६ लाख रुपैयाँ लुटेका छन् । चैत १२ गते अपरान्ह ४ः३५ बजे भद्रपुर १० बस्ने अधिवक्ता पवन कार्कीको पनि ७–८ वटा बैंक तथा वित्तीय संस्थामा रहेक सबै एकाउन्ट ह्याक गरी ३० सेकेण्डमा खल्ती एपमा रकम डाइभर्ट गरिदिएको समाचार यसअघि हिजो रातिमात्र झापा अनलाइनमा प्रकाशन गरिसकेको छ । कृषि विकास बैंक भद्रपुर शाखामा रहेको आशा ढकालको ओडी खाताको रकम ५० हजारका दरले तीन पटक ईसेवामार्फत् खल्ती एपमा डाइभर्ट गरेर र ५०…
भद्रपुर, १७ चैत । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेको स्कुटी चेकजाँच गर्दा तीन जना व्यक्तिलाई लागुऔषध सहित पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–५ नरसिङ बगानमा आज साँझ ६ बजे चेकजाँच गर्दा प्र.१–०१–०१२ प ४७१५ नम्बरका स्कुटी चालक मेचीनगर–१२ बस्ने ३९ वर्षीय सन्तोष लिम्बु, भद्रपुर–११ बस्ने २४ वर्षीय ओम नरायण मण्डल र अर्जुनधारा–११ बस्ने २६ वर्षीय पुजन कुमार खनाललाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने ५ ग्राम २७० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामग्री तथा स्कुटी सहित उनीहरूलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
झापा, १७ चैत । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित वैशाबारीमा रहेको त्र्यम्बक महाकारी दुर्गा मन्दिरको ११ औं वार्षिक साधारणसभाबाट सामाजसेवी लक्ष्मण खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । मन्दिर परिसरमा सोमबार भएको साधारणसभासहितको अधिवेशनले खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा उमाकान्त ढुङ्गेल, सचिवमा प्रेम खड्का, सह–सचिवमा टंक दाहाल, कोषाध्यक्षमा ध्यानबहादुर भारती सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा राजु गिरी, होमनाथ साह, भूपाल मगर, अर्जुन बस्नेत, मिना भट्टराई, सरस्वती बोहोरा, शिला प्रसाई, र तोपलाल राजवंशी निर्वाचित भएका छन् । श्यामकुमार प्रधानको संयोजकत्वमा गठीत निर्वाचन मण्डलीको सदस्यमा कपिल अधिकारी र दीपा भट्टराई रहेका थिए । निवर्तमान…