
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ पुस । नेकपा एकीकृत समाजवादीले जन सरोकारका विषयलाई सशक्त ढंगले उठाउने भएको छ । जारी स्थायी समिति बैठकमा महासचिव घनश्याम भुसालले पेस गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ शीर्षकको कार्ययोजना पारित गर्दै संगठन निर्माण र जनजीविकाका मुद्दा सशक्त ढंगले उठाउने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । ‘महासचिवले पेस गरेको कार्ययोजनामामाथिको छलफलमा सदस्यहरूले राखेका सुझाव समेट्दै कार्ययोजना पास भएको छ’, उपमहासचिव भट्टराईले भने, ‘भोलिको बैठकले नेताहरूको कार्यविभाजन नि टुंगो लगाउँछ ।’ कार्ययोजनाअनुसार एकीकृत समाजवादीले आगामी दिनमा सैद्धान्तिक, वैचारिक र सांगठानिक कामलाई तीव्रता दिनेछ । जनताका ज्वलन्त समस्या पहिचान गर्ने र ती समस्या अघि सारेर आन्दोलनलाई उठान गर्ने कार्ययोजनाको…
चन्द्र बस्नेतकनकाई, १ पुस । जनप्रतिनिधिहरुको अवलोकन भ्रमणका लागि झापाको कनकाई नगरपालिका पहिलो रोजाई बन्दै गएको पाइएको छ । झापा जिल्लाको मध्य भागमा रहेको कनकाई नगरपालिकाको छुट्टै पहिचान रहेको छ । साविक सुरुङ्गा र घैलाडुब्बा गाविस मिलेर बनेको कुल नौ वटा वडा रहेको कनकाई हरेक पक्षमा देश–विदेशसम्म चर्चा कमाएको नगर बन्द निषेधित, धार्मिक एवम् पर्यटकीय तथा सांस्कृतिक नगरी, नगरको विकास निर्माण कार्यको चर्चा, कार्य सम्पादनमा अब्बल नगरपालिका, यहाँका जनप्रतिनिधि तथा कर्मचारीले गर्ने कामको विभिन्न स्थानीय तहमा हुने चर्चाले पनि कनकाई नगरपालिकामा अन्य स्थानीय तहका जनप्रतिनिधि अवलोकन भ्रमणको केन्द्र बन्न थालेको अवलोकनमा आउने जनप्रतिनिधिहरुले बताउने गरेका छ्न् । पछिल्लो एक वर्षमा…
झापा, २६ मंसिर । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार एक सय ३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिनुभएको हो । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन…
झापा, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । त्यसैगरी कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका मुद्रा भने सस्तिएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०७ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि यही मंसिर २० गते अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ…
झापा, २६ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले…
इलाम, २६ मंसिर । इलाम सदरमुकाममा अवस्थित ठुलो टुँडिखेलमा जारी दोस्रो संस्करणको इलाम गोल्ड कपको अन्तिम क्वाटर फाइनलबाट रेड स्टार झापा अन्तिम चारमा आफूलाई सुरक्षित गरेको छ । मङ्गलबार भएको खेलमा रेड स्टार झापाले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पुरा भएको छ । पहिलो हाफको सुरुवातीदेखि दबाबमा राखेको रेड स्टारले खेलको ३५ औं मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा मचिन्द्रका देवेन्द्र तामाङले गोल गर्दे खेललाई बराबरी बनाए । त्यसको ११ मिनेट बित्दा नबित्दै रेड स्टार झापाका पोकु हेङ्ग्रीको फ्री किक प्रहारलाई नीरज कार्कीले जाली चुमाउँदै खेललाई अग्रता…
कनकाई, २५ मंसिर । झापाको कनकाई नगरपालिकाले वडा नंं १ ले वडाका अतिविपन्न परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ । मंगलबार आज वडाका १६ वटै टोलका एक–एक जना अतिविपन्न १६ परिवारलाई जाडोमा न्यानो ओड्ने ब्ल्यांकेट वितरण गरिएको हो । नगरको वार्षिक कार्यक्रम अनुसार नगरका नौ वटै वडाका अतिविपन्न परिवारलाई बर्सेनि ब्ल्यांकेट वितरण गरिँदै आएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारी दिनुभयो । नगर प्रमुख पोखरेलले नगरका अतिविपन्न परिवारको जीवनस्तर उकास्न र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्वता पनि जनाउनुभयो । आज वडा नं. का १६ जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको थियोे । वडा नं. १ का…
झापा, २५ मंसिर । झापाको मेचीनगरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो मेचीनगर नगरपालिका–१० खयरडाँगीस्थित प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले मेचीनगर–१५ का २६ वर्षीय अजय राजवंशीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित ५९० मिलिग्राम र प्लाष्टिकबाहेक ५३० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी, २५ मंसिर । शिवसताक्षी नगरपालिकामा ३३ औं लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न भएका छन् । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा १६ दिने अभियानको आज वडा नं। ९ मा अभिमुखी कार्यक्रम गर्दै समापन गरिएको हो । कार्यक्रम मंसिर १० गतेबाट सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले सरकारले वि।सं। २०७६ लाई लैंगिक हिंसा विरुद्ध अभियान वर्ष भनी घोषणा गरी विविध कार्यक्रमहरु गर्दै आएको बताए । उनले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक मानिसको स्वतन्त्रतापूर्वक जन्मन, हुर्कन र बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ । उनले भने, लैंगिक विभेद आजको…
कनकाई, २५ मंसिर । झापाको कनकाई नगरपालिकामा चिनियाँ टोलीले विभिन्न विषयमा छलफल गरेको छ । मंगलबार कनकाई नगरमा आएको टोलीले कनकाईमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, योजना शाखा प्रमुख जमुना कटुवाल, इन्जिनियर विशाल थेवे, विष्णु राई लगायतको टोलीसँग कनकाई नगरपालिकामा कृषि, पर्यटन सौर्य तथा उद्योग लगायतका विषयमा छलफल गरेको हो । चीनको जेजिङ्ग प्रान्तबाट आएको उद्योगीको टोलीले सुरुमा नगर प्रमुखको कार्यकक्षमा भएको छ्लफलमा कनकाईमा कृषि, पर्यटन तथा उद्योग लगायतका क्षेत्रमा के–के स्थापना गर्न सकिन्छ र यहाँ विशेष गरी कृषिमा चिया खेती, चियाका लागि उद्योगको स्थापना कसरी गर्न सकिन्छ साथै पर्या–पर्यटनको क्षेत्रमा कसरी…