
झापा, २५ मंसिर । झापाको मेचीनगरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो मेचीनगर नगरपालिका–१० खयरडाँगीस्थित प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले मेचीनगर–१५ का २६ वर्षीय अजय राजवंशीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित ५९० मिलिग्राम र प्लाष्टिकबाहेक ५३० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box



