
झापा, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । त्यसैगरी कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका मुद्रा भने सस्तिएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०७ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि यही मंसिर २० गते अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ पैसा पुगेको थियो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा थियो ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७७ पैसा थियो ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६५ पैसा थियो ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६५ र बिक्रीदर ८७ रुपैयाँ ०३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ २२ र बिक्रीदर ८७ रुपैयाँ ६१ पैसा थियो ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५१पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ २५ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३१ पैसा थियो।



