
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २० कात्तिक । सत्तारुढ दल एमाले र कांग्रेसका नेताहरूको दबाब थेग्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङले तीन दिनअगाडि पक्राउ गरेका १० जना जुवाडेलाई प्रहरीले ‘हाजिर जमानत’ मा छोडेको छ । विराटनगर महानगरपालिका–११ स्थितमा सङ्गम पार्टी प्यालेसबाट गत शुक्रवार राती पक्राउ परेका १० जना जुवाडेलाई प्रहरीले बोलाएको बेला उपस्थिति हुने सर्त ‘हाजिर जमानत’मा आइतबार छोडेको हो । हाजिर जमानतमा छोडिनेहरूमा विराटनगर ११ का पशुपति भगत, सोही ठाउँका ६१ वर्षीय राजन कँडेल, सोही ठाउँका वर्ष ४१ का टुनटुन शर्मा, ४७ वर्षीय सुरेन्द्र ठाकुर, ५० वर्षीय वीरेन्द्र साह, विराटनगर–३ का ५५ वर्षीय पेट्रोलियम व्यवसायी ध्रुव सिग्देल, विराटनगर–५ का ५५ वर्षीय मनिराज प्रसाई,…
झापा, २० कात्तिक । देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली…
झापा, २० कात्तिक । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९–०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८–०७९मा ७२ मेट उत्पादन गरी रु नौ करोड ६० लाखको निर्यात गरिएको थियो । बोर्डले आव २०८०–०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ । आव २०७८–०७९मा देशभर ४५० मेट कफीको आयात गरी रु ३२ करोड खर्च गरिएकामा आव २०७९–०८० मा रु १० करोडको मात्र आयात गरिएको थियो । यो करिब रु २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिनुभयो । उहाँले…
झापा, २० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ २४ पैसा कायम गरिएको छ…
झापा, २० कात्तिक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ। वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो। बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
झापा, २० कात्तिक । हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व आजदेखि सुरु भएको छ। अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्ट पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ। छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ। आदिदेव सूर्य भगवान्लाई अर्घ्य दिन नदी, तलाउ, पोखरी, इनारलगायत जलाशय किनारमा घाट बनाएर विशेष रूपले सिँगारिएको छ। जनकपुरधामको छठपर्व सबैभन्दा प्रसिद्ध रहेको बताइन्छ। यसका लागि त्यहाँ हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ। चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो…
भद्रपुर, २० कात्तिक । कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई गृह क्षेत्र भद्रपुरमा सम्मान गरिएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृह क्षेत्र भद्रपुरमा पहिलो पटक नेपाल ख्रिष्टियन समाज झापा ३ नम्बर क्षेत्रीय समितिले राज्यमन्त्री राजवंशीको कार्य सफलताको कामना गर्दै भव्य सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राजवंशीले सवै जात, धर्म र संस्कृतिको सहअस्तित्व नै वर्तमान राज्य व्यवस्थाको मूल विशेषता रहेको बताउँदै कही कसैले विभेद र अन्याय सहनु नपर्ने धारणा राखेका थिए ।
झापा, १९ कात्तिक । झापामा दुर्घटनामा घाइते दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी–८ निवासी ६१ वर्षीय गणेश खड्का र झापा–६ निवासी ४० वर्षीय कमनसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखाको उपचारको क्रममा मृत्यु भएको हो । यी दुवैजना कात्तिक १६ गते दुर्घटनामा परेका थिए । खड्काको बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा आज बिहान ५ बजे उनको निधन भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ। पूर्व–पश्चिम राजमार्गको शिवसताक्षी–११ कृष्ण मन्दिर नजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशामा जाँदै गरेका साइकलयात्री खड्कालाई ठक्कर दिएको थियो । त्यस्तै, झापा–६ किरातचोकस्थित भित्री सडकखण्डमा…
सुनसरी, १९ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समूहलाई पक्राउ गरेको छ । कात्तिक १८ गते बिहान सुनसरी बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित जीवन कार्कीको घरमा जुवा तास खेलिरहेका ललितपुर सातदोबाटोका–४४ बर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका–१ का ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र–५ का २७ बर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र–३ का ३२ वर्षीय बिदुर कार्की, ४४ बर्षीय दिनराज राई, २४ बर्षीय मान बहादुर कार्की, बराहक्षेत्र–८ का ४९ वर्षीय खड्गबहादुर विष्ट, रामधुनि नगरपालिका–५ का ४६ बर्षीय गौरी शङकर लुइटेल, बराहक्षेत्र–३ का ४५ बर्षीय रेवत थापा, ३४ बर्षीय खगेन्द्र कार्की–३० बर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका–३…
झापा, १७ कात्तिक । झापा, सुनसरी,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा शिवसताक्षी नगरपालिका- ८ का ३८ वर्षिय छबिलाल गुरुङलाई २ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित र वर्डा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१० पुष्पलाल टोलका ३० बर्षीय केराज चाम्लिङ राईलाई निषेधित औषधी ट्रामोल- ६५० क्याप्सुल, ट्रामानिल- ४८० क्याप्सुल, स्पास्पेन- ११४१ चक्की, डिकोलिक- ८ ट्याब्लेट र स्पास्रेस्ट- ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले…