jhapaonline add

बिर्तामोड, ४ फागुन । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र योजना शाखा प्रमुख जय तिम्सिना बिर्तामोड वडा नम्बर ७ स्थित शसत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलधापबाट सरुवा भएर जानुहुने प्रहरी नायब निरीक्षक ९सई० ज्वाला खड्काको विदाई र सरुवा भएर आउनु हुने कुमार खड्कालाई स्वागत गर्दै ।तस्विर – नगर प्रमुखको सचिवालय

Read More

कनकाई, ४ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले महायज्ञ सुरु भएको छ । आज आइतबारबाट आगामी १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ सुरु भएको हो । ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालको अध्यक्षता तथा भारतको सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चन्द्रप्रकाश ढकाल (C.P)को प्रमुख आतिथ्यता बाट समुद्वघाटन गरिएको महायज्ञमा मुख्य कथा वाचकमा पुराणाचार्य पन्डित दुर्गा प्रसाद ढकाल तथा उपवाचकमा व्यासचार्य डेगनाथा ढकाल रहनुभएको छ। विभिन्न कर्म, झाँकी एवम् बाजागाजासहित महायज्ञ स्थलबाट…

Read More

झापा, ४ फागुन । झापाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो झापा गाउँपालिका–५ पन्थपाडा स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय तोफिजुल अलि र मोटरसाइकल पछाडि सवार २० वर्षीय चान महमदलाई पक्राउ गरेको हो । मे ३ प २०६६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित ५९० मिलिग्राम (प्लाष्टिक बाहेक ३७० मिलिग्राम) सहित फेला परेको थियो ।

Read More

झापा, ४ फागुन । झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बेलुका अर्जुनधारा–७ स्थित मधुगिता क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टि«परले मिक्स गिटी अनलोड गरी अगाडी बड्ने क्रममा सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका–२ का करिब २५ वर्षीय मोहन किस्कुलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई टि«पर र चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएको छ ।

Read More

झापा, ४ फागुन । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरूलाई अनवरत मेहनतका गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको छ । गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० का छात्रा र १० देखि १४…

Read More

बाजुरा, ४ फागुन । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । साँफे९मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका(१ अम्कोटमा आइतबार बिहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका-१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले बताउनुभयो । प्रहरी प्रमुख गिरिका अनुसार धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिँदा घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।…

Read More

सरोज भट्टराईझापा, ४ फागुन । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री मेला लाग्ने भएको छ । शिवसताक्षीको त्रिधाम मध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ हेरिने गरिएको छ । अघिल्ला वर्ष झै यस वर्ष पनि शिवरात्रीको अवसरमा शिव पुजासहित मेलाको आयोजना गरिएको चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए । यही फागुन १३ र १४ गते दुई दिन लाग्ने मेलामा ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको अध्यक्ष तुम्बापोले जानकारी दिए । चिल्लागढ धामले महाभारतकालीन इतिहास बोकेको छ । पाँच हजार वर्ष पहिलो पाँच पाण्डवहरू वनबास गर्ने क्रममा यज्ञ गरेको…

Read More

सन्तोष शर्माझापा, ४ फागुन । झापामा क्षयरोगका छ सय १६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित छ सय १६ जना नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । जसमा तीन सय ७९ पुरुष र दुई सय १९ जना महिला छन् । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा खकारमा किटाणु देखिएका तीन सय ७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ जना र फोक्सोमा बाहेक अन्य अंगमा क्षयरोग देखिएका एक सय ५१ नयाँ बिरामी फेला परेको उहाँले बताउनुभयो । क्षयरोग पुनः दोहोरिएको ४४ जना बिरामी समेत फेला परेको उहाँले बताउनुभयो ।…

Read More

झापा, ४ फागुन । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ । महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उहाँले बताउनुभयो । “प्याजको परनिर्भरतालाई घटाउन पनि अनुदान दिएर किसानलाई खेतीतर्फ प्रोत्साहन दिइएको हो”, उहाँले भन्नुभयो, “किसानलाई प्याजको उन्नत बीउबिजन, मल…

Read More

झापा, ४ फागुन । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमा प्रहरी कर्मचारी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान भद्रपुर नगरपालिका–८ स्थितमा जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्‍याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–४ घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत करिब ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडाले नाइलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा पेला परेका हुन् । उनको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागी तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More