झापा, ४ फागुन । झापाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
आज दिउँसो झापा गाउँपालिका–५ पन्थपाडा स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय तोफिजुल अलि र मोटरसाइकल पछाडि सवार २० वर्षीय चान महमदलाई पक्राउ गरेको हो ।
मे ३ प २०६६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित ५९० मिलिग्राम (प्लाष्टिक बाहेक ३७० मिलिग्राम) सहित फेला परेको थियो ।
Facebook Comments Box


