
कनकाई, ४ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले महायज्ञ सुरु भएको छ ।
आज आइतबारबाट आगामी १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ सुरु भएको हो ।
ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालको अध्यक्षता तथा भारतको सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चन्द्रप्रकाश ढकाल (C.P)को प्रमुख आतिथ्यता बाट समुद्वघाटन गरिएको महायज्ञमा मुख्य कथा वाचकमा पुराणाचार्य पन्डित दुर्गा प्रसाद ढकाल तथा उपवाचकमा व्यासचार्य डेगनाथा ढकाल रहनुभएको छ।
विभिन्न कर्म, झाँकी एवम् बाजागाजासहित महायज्ञ स्थलबाट बिहान ११ बजे कलश यात्राका साथ कनकाई माई नदि मा गई जल लिएर सुरुङ्गाबजार परिक्रमा गरि पुनः महायज्ञ स्थलमा पुगी भब्य समुद्वघाटन गरिएको थियोे ।

विश्वभर छरिएर रहेका ढकाल बन्धुहरुको सहयोगमा सुरु महायज्ञमा नेपाल ढकाल समाजका अध्यक्ष टिकाराम ढकाल , महासचिव तुलसी ढकाल,ढकाल बंश महासंघ उपाध्यक्ष तेजप्रकाश ढकाल, ढकाल सेवा प्रतिस्ठानका महासचिव गणेश ढकाल, दामोदर ढकाल , भानुभक्त ढकाल,निजेल ढकाल, सारदा ढकाल, ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका लेखा संयोजक चुडामणिा ढकाल , पुजारी चन्द्रकान्त ढकाल लगायतले शुभकामना मन्तव्य राखेको महायज्ञमा स्वागत सस्थाका उपाध्यक्ष उमानाथ ढकालले गर्नुभएको थियोे भने सन्चालन महासचिव अम्बिका ढकालले गर्नुभएको थियोे ।
ढकाल बन्धुसहित अन्य धर्मानुरागीहरुले महायज्ञमा सहभागी भएर पूण्य आर्जन गर्न स अध्यक्ष डिल्लीराम ढकालले आग्रह गर्नुभयो । फागुन ४ आज देखि १५ गतेसम्म चल्ने ११ दिवसीय अनुष्ठानमा करिब चार लाख ५० हजार धर्मानुरागीको उपस्थिति हुने उहाँले बताउनुभयो ।

नेपालमा करिब सात/ आठ लाख र विश्वभरि करिब २४/२५ लाख ढकाल बन्धुहरु छरिएर रहनुभएको समाजका उपाध्यक्ष एवम् वंशावली निर्माण समितिका संयोजक उमानाथ ढकालले बताउनुभयो । देशभर १७ वटा ढकाल बन्धुका संस्था दर्ता रहेको र हालसम्म ढकाल बन्धुहरुको २५ पुस्तासम्म रहेको विवरण संकलित भएको उहाँले बताउनुभयो । उपमन्यु ऋषिका सन्तानका रुपमा रहेका ढकाल बन्धुहरुलाई एकसुत्रमा बाँध्नका लागि महायज्ञको आयोजना गरिएको ढकाल बन्धुका अग्रज युबनाथ ढकालले जानकारी दिनुभयो
सरकारले २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने लागेको र देशभरका ८२ वटा गन्तव्यमध्ये कोटिहोम पनि एउटा रहेकाले यहाँको धार्मिक पर्यटनलाई प्रबद्र्धनमा समेत महायज्ञले टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महायज्ञ सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महायज्ञबाट करिब ६० देखि ७० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । अनुष्ठानबाट बचत भएको रकमबाट ढकाल बन्धुको भवनको माथिल्लो तलामा धर्मशाला निर्माण गर्ने योजना आयोजकको छ ।
महायज्ञमा भारत, भुटान, अमेरिका, अस्ट्रेलिया लगायत विश्वभर रहेका ढकाल बन्धुहरुको सहभागिता रहने अध्यक्ष ढकालले बताउनुभयो । सोमबार भोलि, ५ गते अरणी मन्थन, अग्नि स्थापना एवम् हवन प्रारम्भ, दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म र दिउँसो १२ बजेदेखि ५ बजे सम्म नित्यहवन सङ्कल्पिक, लघ, मध्यम र सतमन्त्रीय हवन, ग्रह शान्ति, दैनिक बिहान ७ बजेदेखि ८ बजेसम्म नित्य पूजा, बिहान ७ बजेदेखि १० बजेसम्म पाठपारायण हुनेछ ।
बिहान १० देखि १२ बजेसम्म पुराणाचार्य पण्डित दुर्गाप्रसाद ढकाल, पं. डेगनाथ ढकाल, पं. घनश्याम ढकाल, पं. सुवास ढकाल, पं. तिर्थराज ढकाल, पं. गणेश ढकालद्वारा १२ बजेदेखि दिउँसो २ बजेसम्म नेपालका र अन्य देशका विद्वान अलग–अलग गुरुहरुबाट हिमवत खण्डभित्र नेपाल महत्व, नेपालका तीर्थ नदी र धाम एवम् ज्ञान विज्ञानका विषयमा प्रवचन, २ बजेदेखि सगितमय शिव पुराण सम्बन्धी प्रवचन साँझ ६ बजेदेखि ७ बजेसम्म गंगा आरती, साँझ ७ बजेदेखि ९ बजेसम्म कथा माहात्मय एवम् ज्ञान मञ्च भजन कीर्तन, झाँकी, अतिथि सम्मान कार्यक्रम रहनेछ । फागुन १५ गते विश्राम, पूर्णाहुती, समापन, तिलक प्रसाद वितरण एवं सम्मान कार्यक्रम गरी अनुष्ठान सम्पन्न गरिनेछ ।
भक्तजनको इच्छा अनुसार तुलादान, विवाह, धान्यन्वल, व्रतबन्ध, लक्ष्यवतीका प्रज्वलन, चौराशी पूजा, नौ ग्रहको पूजा, चिना हेर्ने, इच्छुक व्यक्तिले कर्ता बस्न सकिने, ढकाल बन्धुका एकमात्र कुलका धामी ढाक अक्षामका देवानन्द ढकाल र कुलका पुजारी चन्द्रकान्त ढकालद्वारा जोखाना हेर्ने, झारफुक गर्ने र कुलको विषयमा पूजापाठ सम्बन्धि ज्ञान उपलब्ध गराइनेछ भने महायज्ञमा श्रद्धापूर्वक सहयोग गर्ने दानविर दातालाई सम्मान गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।



