
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३० माघ । झापाको निर्वाचन क्षेत्र नं. १ मा तीन वटा आयोजनाका लागि टेण्डर आह्वान भएको छ । झापा १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको पहलमा स्थानीयबासीको माग बमोजिम रकम बिनियोजन भएर आज दुई वटा पुल र एक वटा खानेपानी आयोजनाको टेण्डर आह्वान भएको हो । सांसदको सचिवालयका अनुसार मेचीनगर–१३ मा पुल भासिएर बाँगे पुल भनेर परिचित ठाउँमा नयाँ पुल निर्माण गर्न ११ करोड १८ लाख ४० हजार, धुलाबारी खानेपानीका लागि २० करोड (४ लाख ५० हजार लिटरको ओभर हेड ट्याङ्की निर्माण, नयाँ पाइप लाईन बिस्तार, डिप बोरिङ, नयाँ पानी प्रशोधन केन्द्र, चौकिदार क्वाटर निर्माण) र हँडिया नदीमा पुल…
शिवसताक्षी, ३० माघ । झापा शिवसताक्षी ७, व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले ६२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सव कार्यक्रमकै अवसरमा पारेर एक अवकाश प्राप्त गरी ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा लामो समय अध्यापन गराई अनिवार्य अवकास प्राप्त नारादमणि न्यौपानेलाई विद्यालयले सम्मान गरेको विद्यालयका प्रअ रमेशकुमार दाहालले जानकारी दिए । त्यस्तै विद्यालयले स्वच्छिक अवकास लिएका गोरखमान पौडेल, निजी स्रोतबाट अध्यापन गराउने सुष्मा सापकोटा र अञ्जु पौडेललाई पनि सम्मान गरेको छ । विद्यालयले शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष मणीप्रसद खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धिप्रसाद लक्समलाई पनि सम्मान गरेको प्र.अ. दाहालले जानकारी दिए । कार्यक्रममा प्रमुख…
चन्द्र बस्नेतकनकाई, ३० माघ । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले वडामा तरकारी खेती गर्ने कृषकलाई मल्चिङ्ग पाल्स्टिक वितरण गरेको छ। वडा कार्यलय परिसरमा बुधबार आज एक कार्यक्रमको आयोजना गरी यहाँका तरकारी खेती गर्ने ३ जना कृषकलाई मल्चिङ्ग पाल्स्टिक वितरण गरेको हो। व्यवसायीक तरकारी खेती गर्दै आउनुभएका नरहरी शिवाकोटी ,लाखबहादुर तामाङ र भक्त तामाङलाई तरकारी खेती गर्न पुग्ने गरी ३र३ रोलका दरले मल्चिङ्ग पाल्स्टिक वितरण गरिएको हो । एक रोलले ३ कठ्ठा सम्म माटोलाई कबर गर्न सक्ने मल्चिङ्ग पाल्स्टिक प्रयोग गर्नाले उत्पादन बढाउनुका साथै लागत घटाउने , घाम(पानीबाट बचाई माटो चिसियान राख्न मद्दत पुग्ने आवश्यक बस्तु रहेको नगर कृषि…
कनकाई, ३० माघ । झापाको कनकाई नगरपालिकाले कृषि औजार वितरणका लागि कृषकसँग निवेदन माग गरेको छ । नगरपालिकाले माघ २८ गते एक सूचना जारी गर्दै कृषकसँग निवेदन माग गरेको हो । कृषकले फागुन आगामी ४ गतेसम्म निवेदन दिन सक्नेछन् । प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदान कार्यक्रम अन्तर्गत मकै खेती प्रबद्र्धन कार्यक्रमका लागि कृषकसँग ५० प्रतिशत लागत सहभागितामा निवेदन माग गरिएको नगरको कृषि शाखाले जनाएको छ । नगरपालिकाले लागत सहभागितामा सिँचाइ मोटर, मकै छोडाउने मेसिन र मकै रोप्ने मेसिन वितरण गर्न लागेको हो । निवेदनसहित कृषकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा धनीपुर्जाको प्रतिलिपी ÷ लिजमा लिएको कागजात ऐलेनी जग्गाको हकमा नगरपालिकाबाट प्राप्त…
झापा, ३० माघ । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले आज बुधबार सार्वजनिक बिदा दिएका छन् । झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाहरुले हिजो सूचना जारी गरी स्थानीय सार्वजनिक बिदा भएको जनाएका थिए । भद्रपुरको किच्चकबधमा बर्सेनि किच्चकबध मेला मनाइँदै आएको छ । सन्थाल समुदायले मनाउने ‘सोहराय’ पर्व उनीहरुको प्रमुख पर्व हो ।
झापा, ३० माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रा सस्तिएका छन्। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको हो। अन्य मुद्राको दाँजोमा कुबेती र बहराइन दिनारको मूल्यमा भने निकै गिरावट आएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७ थियो। यही माघ २५…
झापा, ३० माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका…
झापा, ३० माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। अहिले देशको मध्य तथा पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका…
झापा, ३० माघ । झापाको शिवसताक्षी नगरपालिकामा मंगलबार राति एक महिला मृत अवस्थामा फेलाका छन् । मंगलबार राति ७ः४० बजे शिवसताक्षी नगरपालिका–११ का धर्मराज सेनेहाङ्ग लिम्बूको श्रीमती ५८ वर्षीया गंगामाया लिम्बू घरमा एक्लै बस्दै आएकोमा (श्रीमान सिक्किममा रहेको भन्ने बुझिएको) आफ्नै पक्की घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाई मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
झापा, २९ माघ । जिल्ला प्रहरी परिसर काठमाडौँले सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई आज सार्वजनिक गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो । पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब रु तीन अर्बको अनलाइन…