
झापा, ३० माघ । झापाको निर्वाचन क्षेत्र नं. १ मा तीन वटा आयोजनाका लागि टेण्डर आह्वान भएको छ ।
झापा १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको पहलमा स्थानीयबासीको माग बमोजिम रकम बिनियोजन भएर आज दुई वटा पुल र एक वटा खानेपानी आयोजनाको टेण्डर आह्वान भएको हो ।
सांसदको सचिवालयका अनुसार मेचीनगर–१३ मा पुल भासिएर बाँगे पुल भनेर परिचित ठाउँमा नयाँ पुल निर्माण गर्न ११ करोड १८ लाख ४० हजार, धुलाबारी खानेपानीका लागि २० करोड (४ लाख ५० हजार लिटरको ओभर हेड ट्याङ्की निर्माण, नयाँ पाइप लाईन बिस्तार, डिप बोरिङ, नयाँ पानी प्रशोधन केन्द्र, चौकिदार क्वाटर निर्माण) र हँडिया नदीमा पुल निर्माणका लागि ३३ करोड ३६ लाख ९८ हजारको टेण्डर आह्वान भएको छ । मेचीनगर १५ बाट भद्रपुर ९ हुँदै सदरमुकाम र एयरपोर्ट जोड्ने सडकमा पुरानो पुल जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ ।


