jhapaonline add

झापा, २५ माघ । आजदेखि सप्ताह शुरु भएको छ । भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा पर्छ। यो प्रेम व्यक्त गर्ने दिन हो। पहिले युवाहरूले केवल एक दिन पर्खनुपर्थ्यो । अब यो उत्सव हप्ताभरि चल्छ। युवाहरूले हरेक दिन नयाँ उत्सवका रूपमा मनाउँछन्। भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ मा रोज डेबाट सुरु हुनेछ। यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न गुलाफको फूल दिन्छन्। रोज डे जोडीहरूको लागि मात्र होइन, यो मित्रता, सद्भाव र शान्तिको प्रतीक पनि हो। यसले हामीलाई साना कुराहरूले पनि सम्बन्धलाई बलियो बनाउँछ भन्ने सिकाउँछ। रोज डेको सुरुवातको बारेमा कुनै आधिकारिक जानकारी…

Read More

झापा, २४ माघ । झापाको कनकाई नगरपालिका–१ बिमल चौतारा नजिक मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्गापुरबाट खुदुनाबारी जाँदै गरेको मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २८ वर्षीय सिद्धार्थ साह र पछाडि सवार २४ वर्षीय सुमित साह घाइते भएका थिए। घाइते दुवैजनालाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा सुमित साहको बिहान ७स्०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

शिवसताक्षी, २४ माघ । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ । नगरप्रमुखलाई प्रत्यक्ष आफ्ना कुरा राख्न पाउँदा नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् । आज शिवसताक्षीको दूधेमा भएको कार्यक्रममा नगरका ज्येष्ठ नागरिकहरुले आफ्ना समस्या र गुनासहरु खुलेरै राखेका छन् । शिवसताक्षीको दूधेमा रहेको ज्येष्ठ नागरिक भवनमा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले हाम्रो पनि स्थानीय निकाय रहेछ । हाम्रा कुराहरु सुन्नकै लागि कार्यक्रमको आयोजना गरिएकोमा नगरप्रमुखलाई धन्यवाद दिएका छन् । ज्येष्ठ नागरिकहरुलो नगरप्रमुखसँग आफ्ना कुरा राख्दै भने हामी बृद्ध बृद्धाहरुलाई कुनै पनि सरकारी निकायमा जाँदा मान्छे नै गन्दैनन् । गाडीमा यात्रा गर्दा त्यतिकै समस्या छ । सरकारले…

Read More

बिर्तामोड, २४ माघ । झापाको बिर्तामोडमा जिल्लामै पहिलो पटक ‘एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक’ सञ्चालनमा आउने भएको छ । झापाको बिर्तामोड नगरपालिका–१ मा माघ २६ गतेदेखि एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक सञ्चालनमा आउन लागेको हो । बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी क्लिनिक सञ्चालनबारे जानकारी दिइएको छ । डा. निरु नेपालले मानसिक र शारीरिक रुपमा रहेको दुखाइको निदानका लागि क्लिनिक सञ्चालन गर्न लागिएको बताउनुभयो । विश्वमा ८० प्रतिशत मानिस कुनै न कुनै दुखाइबाट पीडित रहेको बताउँदै उहाँले बिना अपरेशन सुई र औषधिको माध्यमबाट उपचार गरिने बताउनुभयो । दुखाइको कारण पत्ता लगाएर सही उपचार गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गर्न लागिएको डा. पुष्पक रेग्मीले…

Read More

बिर्तामोड, २४ माघ । झापाको बिर्तामोडस्थित तेजस्वी कम्पुटर सपोर्टले जापानिज कम्पनी पानासोनिकको घरायसी सामग्री बिक्री शुरु गरेको छ । पानासोनिक कम्पनीको ‘पसलभित्र पसल’ अवधारणा अनुसार तेजस्वीले बिर्तामोडस्थित आफ्नै पसलमा पानासोनिक कम्पनीको विभिन्न उत्पादनको बिक्री शुरु गरेको हो । पसलको आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गर्नुभयो । उहाँले व्यापारलाई समयानुकूल परिवर्तन गर्दै नयाँ योजनाका अनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नाफासँगै सेवामूलक र ग्राहक आकर्षित हुने खालका व्यवसाय प्रबद्र्धन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा त्रिवेणी व्यापार कम्पनीका जेनेरल म्यानेजर निरजकुमार ठाकुरले पानासोनिक कम्पनीको पसलभित्र सपल अवधारणा अनुसार देशका २० वटा सहरमा यस प्रकारका सपल सञ्चालन आउने…

Read More

बिर्तामोड, २४ माघ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापाका दुई वटा र पाँचथरको एक वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाको १४ औं स्थापना दिवसको अवसरमा आज बिर्तामोड–६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा–१ देखि कक्षा–७ सम्मका १ सय ६२ विद्यार्थीलाई ब्याग, भद्रपुर नगरपालिकास्थित महेशपुर आधारभूत विद्यालयका कक्षा–१ देखि कक्षा–५ का १ सय विद्यार्थीलाई ब्याग र पाँचथरको फिदिम नगरपालिका–४ को सिद्धकाली आधारभूत विद्यालयका सबै विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सरस्वती माविमा भएको शैक्षिक…

Read More

झापा, २३ माघ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाईराजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरेका हुन् । त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरुको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न…

Read More

झापा, २३ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने सम्भावना छ। त्यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४…

Read More

झापा, २३ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर…

Read More

कनकाई, २३ माघ । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उहाँले बताउनुभयो । प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार…

Read More