
झापा, २४ माघ । झापाको कनकाई नगरपालिका–१ बिमल चौतारा नजिक मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दुर्गापुरबाट खुदुनाबारी जाँदै गरेको मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २८ वर्षीय सिद्धार्थ साह र पछाडि सवार २४ वर्षीय सुमित साह घाइते भएका थिए।
घाइते दुवैजनालाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा सुमित साहको बिहान ७स्०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


