
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
झापा, ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस तथा कोशी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ…
बागलु १० साउन । बागलुङमा मोबाइल नदिएको विषयमा भएको सामान्य विवादले ज्यानै जाने दुःखद घटना भएको छ। बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या उनकै साथीहरूले गरेको खुलेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। लजिन साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका थिए। त्यसयता उनी सम्पर्कविहीन भएका थिए। लामो खोजीपछि बिहीबार स्थानीय मनखोलामा उनको शव फेला परेको हो। प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार जन्मदिन मनाउने क्रममा…
झापा, १० साउन । नेपाल प्रेस युनियनले केन्द्रीय सदस्य पदमा सात जना तथा आमन्त्रित केन्द्रीय सदस्यमा दुई जनालाई मनोनयन गरेको छ । नेपाल प्रेस युनियनको विधान २०६८ को छैटौं संशोधन २०७९ को धारा २१ (झ) बमोजिम विभिन्न जिल्लाका पत्रकारलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको जनाइएको छ। मनोनयनमा परेका सदस्यहरूले युनियनको मूल्य, मान्यता, आदर्श, प्रेस स्वतन्त्रता तथा पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास युनियनले व्यक्त गरेको छ। केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा कृष्ण सिग्देल (स्याङ्जा), बसन्त कुमार उपाध्याय (बाँके), परमेश्वर अधिकारी (लमजुङ), शैलेन्द्र झा (जनकपुर), राजेन्द्र गौतम (झापा), गोपाल भण्डारी (कपिलवस्तु) र भवानी अधिकारी (स्याङ्जा) रहेका छन्। त्यसैगरी, डीबी बिष्ट…
झापा, १० साउन । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषध (ब्राउन सुगर) सहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले झापाको अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय विवेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर तथा प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरले अर्जुनधारा–९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। मोरङमा अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका–८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। साथै, प्रहरी चौकी रमाइलोले बेलबारी…
भद्रपुर नगरपालिकाको निःशुल्क प्लास्टिक सर्जरी हुने सूचना !
झापा, १० साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४१० निर्धारण भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र चाँदी चार…
अर्जुनधारा, १० साउन । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् । शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो ।
झापा, १० साउन । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएपछि कोसी प्रदेशको सत्ता समीकरण पनि परिवर्तन हुने भएको छ। नयाँ सहमतिसँगै हाल सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित देखिएको छ। हाल कोसी प्रदेशमा एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा कांग्रेस–एमाले गठबन्धन सरकार छ। एमाले र नेकपाबीच भएको सहमतिअनुसार कोसी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्नेछ। यद्यपि सत्ता समीकरण परिवर्तनसँगै मुख्यमन्त्री कार्कीको स्थानमा एमालेकै नेता तथा कोसी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन सकारात्मक रहेको चर्चा सार्वजनिक…
झापा, १० साउन । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान र सम्भावित बाढीका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै १० वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ। प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा लामो समयदेखि रातिको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। यसैगरी इलामको मेची राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामाबगर–रामेछाप सडक, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, मुस्ताङको जोमसोम–कोरला…
कपिलवस्तु, १० साउन । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे.१ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात सदस्यीय टोली घटनास्थल पुगेको थियो। घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइए पनि उपचारकै क्रममा आइतबार राति १ः५० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार मृतक…