jhapaonline add

झापा, ४ फागुन । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ । माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्राका सहभागी हल्दिबारी–१ की शिवाकोटीको यात्राका क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । यात्रामा बस चालकसहित ६१ जना यात्री सहभागी थिए । मृतकका श्रीमान चैतन्य शिवाकोटी पनि सोही यात्रामा सहभागी रहेको जनाइएको छ । भारतको प्रयागराजमा भएको यस घटनापछि शव नेपाल फर्काउने विषयमा कुल्फी प्रहरी र झापा प्रहरीले समन्वय गरिरहेको छ ।

Read More

झापा, ४ फागुन । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा शनिबार राति भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९ः२६ बजे भएको भागदौडमा उनीहरुको मृत्यु भएको हो। घटनामा २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ। दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो। राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो । यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको…

Read More

झापा, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राका कारोबार सोही मूल्यमा हुनेछ । हिजो अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको थियो। तर, अमेरिकी डलरसहितका केही मुद्रा भने हिजो सस्तिएका छन्। आज पनि हिजोकै विनियमदरमा यी मुद्राको कारोबार हुनेछ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ। यही माघ २५…

Read More

झापा, ४ फागुन । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी…

Read More

झापा, ४ फागुन । झापाको झापा गाउँपालिकाबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका झापा गाउँपालिका–४ टाघनडुब्बास्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोरङ पथरी–शनिश्चरे नगरपालिका–८ का २४ वर्षीय दिपिन माझीलाई पक्राउ गरेको हो । उनीमाथि शंका लागेर चेकजाँच गर्दा गोजी भित्र राखी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित २ ग्राम ३४ मिलिग्राम (प्लाष्टिक बाहेक १ ग्राम ६२ मिलिग्राम) फेला परेकाले उक्त लागुऔषधसहित उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

प्रकाश अधिकारीसुशासनको परिणाम सार्वजनिक सेवाको वितरणमा उच्च गुणवत्ता हो । कल्याणकारी राज्यको मूल उद्देश्य नागरिकलाई शिक्षा, स्वास्थ्य, कानुन व्यवस्था र सुरक्षा जस्ता आधारभूत सार्वजनिक सेवाहरू प्रदान गर्नु हो । वास्तवमा सरकारले राज्यको विकास र आफ्ना नागरिकको भलाइमा प्रमुख भूमिका निभाउनु पर्छ । एक कल्याणकारी राज्यमा समाजका गरीब र सीमान्तकृत वर्ग एवं समुदायमा ध्यान केन्द्रित गरिन्छ । न्यूनतम जीवन स्तर यापन गर्नसक्ने हुन र समानता सुनिश्चित गर्न यो वर्ग एवं समुदायलाई कानुनले विशेष संरक्षण, सशक्तीकरण, उत्थान र विकास गरी आधारभूत सेवा वितरण गर्नु पर्छ । सार्वजनिक सेवाको अवधाराणा भनेको सरकारद्वारा नागरिकलाई सार्वजनिक बस्तु र आधारभूत न्यूनतम सेवाको उपलब्धता हो । यो…

Read More

झापा, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ । निगमका अनुसार नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।

Read More

बिर्तामोड, ३ फागुन । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापाको अध्यक्षमा जगत गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । परिषदको झापाको बिर्तामोडमा आज सम्पन्न चौथो अधिवेशनले उहाँको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । परिषदको उपाध्यक्षमा उदय गुरुङ, महासचिवमा रामप्रसाद गुरुङ, संगठन सचिवमा भागिमान गुरुङ, प्रचार सचिवमा अम्बरबहादुर गुरुङ, कोषाध्यक्षमा रतन बहादुर गुरुङ, सह–कोषाध्यक्षमा सलबहादुर गुरुङ चयन हुनुभएको छ । त्यसैगरी, जिल्ला कार्यसमिति सदस्यहरुमा हरि गुरुङ, कविता घले गुरुङ, बीर्खबहादुर गुरुङ, गणेश गुरुङ, मानबहादुर गुरुङ, जीवनकुमार गुरुङ, शंखर गुरुङ, नविना गुरुङ, ध्रुवकुमारी गुरुङ, दिलिपकुमार गुरुङ, धनकुमारी गुरुङ चयन हुनु भएको छ । गुरुङ महिला राष्ट्रिय परिषदमा दुर्गादेवीत्यस्तै, आजै…

Read More

सन्तोष शर्माझापा, ३ फागुन । झापामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तरगत करिब ४७ हजार किशोरीले खोप लगाएका छन् । जिल्लामा माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालित अभियानका क्रममा उनीहरुले उक्त खोप लगाएका हुन् । जिल्लामा ५४ हजार नौ सय ७९ जना किशोरीलाई खोप लगाउने लक्ष्य तय गरिए पनि आठ दिनको अवधिमा ८५.४३ प्रतिशत मात्र लक्ष्य प्राप्ति भएको छ । विद्यालयभित्र रहेका ४४ हजार दुई सय १५ जना र विद्यालय बाहिर दुई हजार सात सय ५४ जना किशोरीलाई एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । विद्यालयभित्र सञ्चालित खोप अभियानमा ९४.९ प्रतिशत प्रगति हासिल…

Read More

अर्जुनधारा, ३ फागुन । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ४ स्थित किसान संघको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस आवद्ध किसान संघको शनिबार अर्जुनधाराको भाङबारीमा सम्पन्न अधिवेशनले लीलाबहादुर कटुवालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वडा कार्य समिति, नगर प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ। समितिको उपसभापति सोमनाथ गिरी, सचिवमा धनबहादुर कार्की, कोषाध्यक्ष प्रेमकुमारी रिजाल र सहसचिव कमला रिमाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा कमल भट्टराई, तारा घिमिरे चयन भएका छन् । यसैगरी, नगर प्रतिनिधिमा उमानाथ हुमागाईं, भीमलाल गिरी, रुद्र रिमाल, लक्ष्मी गिरी र उमानाथ भट्टराई चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिमा मदन थापा, रमन…

Read More