झापा, २७ बैशाख । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् ।
कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन् । कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
यता, शुक्रबार दिउँसो मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ डौंसुरका १५ वर्षीय भूपेन्द्र सावन बेपत्ता भएका छन् । उनीहरुको स्थानीय नागरिक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी कार्य जारी राखेको छ ।
Facebook Comments Box


