झापा, २७ बैशाख । वैदेशिक रोजगारी व्यवसायी महासंघ झापाको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
आगामी नेतृत्वका लागि अध्यक्ष पदमा धनबहादुर पन्धाक निर्विरोध भए पनि अन्य पदका लागि आज मतदान भएको थियो । कूल १०७ मतमध्ये १०३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
ऐतिहासिक प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संघको अधिवेशन बैशाख २५ गतेदेखि शुरु भएको थियो । सर्वसम्मत नयाँ नेतृत्व चयनको प्रयास गरिए पनि सम्भव नभएपछि निर्वाचन भएको हो ।
वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, सुरक्षित बनाउने उद्देश्यले स्थापना भएको संघ गत २०८१ साउन २ गते विधिवत रुपमा संस्था दर्ता भएको संघका अध्यक्ष पन्धाकले बताउनुभयो । करिब १३ वर्षको प्रयासपछि संस्था दर्ता ऐन २०३४ को अधिनमा रहेर संघ गठन गरिएको संघका अध्यक्ष धनबहादुर पंधाकले बताउनुभयो ।
यस्तो छ मतगणनाको मत परिणाम




