jhapaonline add

झापा, २६ कात्तिक । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा…

Read More

मोरङ, २६ कात्तिक । मोरङको कानेपोखरीमा एक जना व्यक्तिले आफ्नै भाउजूमाथि शनिबार राति खुकुरी प्रहार गरेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले कानेपोखरी गाउँपालिका–४ बयरवनका वसन्त सार्कीले खुकुरी प्रहार गर्दा भाउजू ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) गम्भीर घाइते भएको बताए। उनका अनुसार खुकरी प्रहारबाट शिवाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ। हात छिन्नै लागेको छ। गम्भीर अवस्थाकी उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घरयासी विवादका क्रममा राति ८ बजेतिर वसन्तले भाउजूलाई खुकुरीले हानेको जोशीको भनाइ छ। प्रहरीले घरयासी विवादका बारेमा थप खुलाएको छैन। घटनामा संलग्न वसन्तलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा…

Read More

झापा, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम…

Read More

इलाम, २६ कात्तिक । माईजोगमाई गाउँपालिका–१ शंखाबुङमा शंखाबुङ युथ क्लबको आयोजनामा गत कात्तिक १२ गतेबाट संचालित प्रथम शंखाबुङ गोल्डकपको फाईनल खेल २५ गते आईतबार समापन भएको छ । आयोजक समितिका अध्यक्ष दिपेश निरौलाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता , वडा नं १ का वडाध्यक्ष याम कुमार कार्कीको विशेष आथित्यता साथै वडा नं १ का वडा सदस्य कल्पना रसाईली वडा नं १ का वडासदस्य भक्त चेमजोङ , वडा नं २ का वडासदस्य रमेश राई , विभिन्न राजनैतिक दलका प्रतिनिधि , शारदा आधारभूत बिद्यालय शंखाबुङका प्रधानाध्यापक ढाकानाथ खतिवडा ,…

Read More

शिवसताक्षी, २५ कात्तिक । झापाको झिलझिलेमा रहेको पारिजात बहुदेश्यीय सहकारी संस्थाले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार झिलझिलेमा एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न गरेको हो । संस्थाले २०८१ आषाढ मसान्त सम्म आइपुग्दा ४३ लाख, ५५ हजार ८०० शेयर पुँजी रहेको संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए । आ.व. २०८०÷२०८१ मा १ करोड, १९ लाख, ७१ हजार ११७ रुपैयाँ निक्षेप संकलन र १ करोड ११ लाख ६४ हजार १९८ रुपैया ऋण लगानी गरिएको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आ.व. २०८०÷०८१ मा १८ लाख १० हजार २६४ आम्दानी र १७ लाख ८४ हजार ८०९ रुपैयाँ खर्च भएको…

Read More

झापा, २५ कात्तिक । सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु (गुरुङ) विद्यार्थी छोज धिको आजदेखि तनहुँको दमौलीमा सुरु भएको १२औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले भाषा, सस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताएका हुन् । मन्त्री गुरुङले घरमै आफनो भाषा बोल्ने संस्कृतिको बिकास गर्न सकेमा भाषा संरक्षणमा योगदान पुग्रे बताउँदै छोराछोरीसँग बोल्दा आमाबुबाले मातृभाषा बोल्नेपर्नेमा जोड दिए। सरकारका प्रबक्ता मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभई हरेक जनजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए छ । उनले युवाहरुलाई स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसको लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढनु पर्ने धारण राखे…

Read More

बिर्तामोड, २५ कात्तिक । ‘चिया क्षेत्रमा कार्यरत श्रमीकका मुद्धा, मर्यादित काम एवं सामाजिक सुरक्षाका लागि आगामी मार्गचित्र’ विषयक दुइदिने कार्यशाला आइतबार विर्तामोडमा सम्पन्न भएको छ । नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यशालालाई नेपाल ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की, महासचिव अजय राई, केन्द्रीय उपमहासचिव अर्चना बस्नेत र चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले सहजीकरण गरेका थिए । कार्यशाला गोष्ठीमा संगठन, सामाजिक सुरक्षा, बोनस ऐन, ट्रेड युनियन कांग्रेस र भावी कार्यदिशा, चिया बगान श्रमिक संघको एक बर्षको नीति तथा कार्यक्रममाथि बृहत् छलफल भएको थियो । दुईदिने कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस…

Read More

भद्रपुर, २५ कात्तिक । नेपाल तरुण दल भद्रपुर नगरपालिका वडा नं–५ को पहलमा भद्रपुर–५ ठण्डा बस्तीमा निर्माण गरिएको मेहरा दायरीको घर आज आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । लगभग पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त घर भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले मेहरा दायरीलाई हस्तान्तरण गर्नुभएको हो । नेपाल तरुण दल भद्रपुर–५ का वडा सभापति इन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गणेश पोखरेलले तरुण दलको पहलमा घरबारबिहीन ब्यक्तिको घर निर्माण हुनु सराहनीय कार्य भएको भन्दै प्रसंशा गर्नुभयो । यस्ता सामाजिक कार्यलाई जारी राख्नसमेत उहाँले तरुण दललाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य विजय रिजाल, उद्योगी…

Read More

झापा, २५ कात्तिक । काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अधिकारीमाथि लिखत र मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले अधिकारीलाई आजै विराटनगरबाट काठमाडौँ ल्याई जिल्ला अदालत काठमाडौँमा म्याद थप्नका लागि उपस्थित गरेको थियो । गत कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र…

Read More

झापा, २५ कात्तिक । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई आइतबारबाट गणना हुने गरी १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । सभापति लामिछानेलाई चौथो पटक म्याद थप गरिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण…

Read More