
शिवसताक्षी, २५ कात्तिक । झापाको झिलझिलेमा रहेको पारिजात बहुदेश्यीय सहकारी संस्थाले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार झिलझिलेमा एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाले २०८१ आषाढ मसान्त सम्म आइपुग्दा ४३ लाख, ५५ हजार ८०० शेयर पुँजी रहेको संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए । आ.व. २०८०÷२०८१ मा १ करोड, १९ लाख, ७१ हजार ११७ रुपैयाँ निक्षेप संकलन र १ करोड ११ लाख ६४ हजार १९८ रुपैया ऋण लगानी गरिएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले आ.व. २०८०÷०८१ मा १८ लाख १० हजार २६४ आम्दानी र १७ लाख ८४ हजार ८०९ रुपैयाँ खर्च भएको पारिजात बहुदेश्यीय सहकारी संस्थाले जनाएको छ । साधारण सभामा संस्थाले ४ जनालाई शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
जसको असल बचत कर्तातर्फ मिनाकुमारी राई, असल कारोबार कर्ता लक्ष्मी राई, राधिका निरौला, र असल बाल बचत तर्फ सुजेन केदेम रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो र संस्था अध्यक्ष पुष्पराज अधिकारीले प्रदान गरेका थिए ।
कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पुष्पराज अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक विरेन्द्र विक्रम सेर्माले प्रस्तुत गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष अर्जुन राईले गरेका थिए भने सञ्चालन लेखा समिति सदस्य शिवराज राईले गरेका थिए ।


