jhapaonline add

चन्द्र बस्नेतकनकाई, २५ कात्तिक । दिपावलीको अवसरमा खेलिएको देउसी भैलोको हिसाब सार्वजनिक गरिएको छ । झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई बिहानी क्लब, बिहानी महिला समूह, शिद्वेश्वर शिव पाञ्चायन मन्दिर व्यवस्थापन समिति, शिद्वेश्वर कृतन मण्डली समूहको संयुक्त आयोजनामा खेलिएको देउसी भैलोको हिसाब आइतबार क्लबको सभाहलमा सार्वजनिक गर्नुका साथै पुरस्कार वितरण समेत गरिएको छ। क्लब, मन्दिर, कृतन मण्डली सञ्चालन गर्ने उद्देश्यका लागि खेलिएको देउसी भैलोमा ८१ हजार १६ रुपैयाँ सङ्कलन भएको देउसी भैलो कार्यक्रमका संयोजक टोपलाला भुजेलले जानकारी दिनुभयो । नगद सङ्कलन यति भए पनि धान–चामल पनि उठेको र यो बिक्री भएर आउने पैसा अझै बढ्ने संयोजक भुजेलले बताउनुभयो…

Read More

झापा, २५ कात्तिक । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रूपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रूपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो ।…

Read More

झापा, २५ कात्तिक । मोरङको विराटनगरस्थित लाइफ गार्ड अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट दश लाख ७५ हजार मूल्य बराबरको खाद्यपूरक सामग्री बरामद गरिएको छ । विराटनगर–५ स्थित लाइफ गार्ड अस्पतालले सञ्चालन गरेको लाईफ गार्ड अस्पताल फार्मेसीबाट प्रहरीले ९ प्रकारका खाद्य पूरक सामाग्री र एउटा प्रतिबन्धित एन्टिबायोटिक औषधि बरामद गरेको हो । विराटनगरका मेडिकल पसलमा बिरामीका लागि खाद्य पूरक सामग्री राखेर व्यापक व्यापार हुने गरेको छ । यद्यपी यसको नियन्त्रणमा औषधी व्यवस्था विभाग सधैं मौन रहँदै आएको छ । सेवाग्राहीले विभागलाई उजुरी गर्दा कारवाही नहुने देखेपछि प्रहरीलाई खबर गरेर खाद्यपूरक सामाग्री नियन्त्रण गराएका हुन् । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक…

Read More

झापा, २५ कात्तिक । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । टोकियो विमानस्थलबाट डिपोर्ट भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् । कार्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित…

Read More

बिर्तामोड, २५ कात्तिक । बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ । आज शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडक, वानस्टप महलदेखि अतिथि सदन जाने सडक र शनिस्चरे रोड देखि पुरानो कृष्णहलसम्मको ३ वटा सडक कालोपत्रे हुँदैछ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) गरीएको हो । कालोपत्रे हुँदै गरेको अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटर, वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोडदेखि पुरानो कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक भोलिसम्ममा सकिने बिर्तामोड नगरपालिकाका सव( ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो । कुल ६ सय ७९ मिटर कालो पत्रे…

Read More

सर्लाही, २५ कात्तिक । लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट फरार भएका छन् । बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी मुखिया फरार भएका हुन् । हिरासत कक्ष सरसफाइ गर्ने क्रममा दिउँसो मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए। उनीमाथि लागुऔषध गाँजा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । फरार अभियुक्त मुखियाको खोजी भइरहेको छ ।

Read More

धनुषा, २५ कात्तिक । मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ । यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन् । यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताउनुभयो । अमलाका विशेष परिकार ९अचार, मुरब्बा र चटनी०सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ । पर्व विशेषले…

Read More

झापा, २५ कात्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।…

Read More

झापा, २५ कात्तिक । झापाको कमल गाउँपालिका–२ समयगढका चन्द्र श्रेष्ठको घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गएराति श्रेष्ठको बाँसको भाटाको टाटीबेरा, टिनको छाना भएको १ तले घरमा अचानक आगलागी भएको भएको थियो । प्रहरी, स्थानीयबासी र कमल गाँउपालिकाको दमकलको सहयोगमा आगो बिहान ५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट घर, घरमा भएको भाडा वर्तन, अन्नपात, लता कपडा पूर्ण रुपमा जलेर नष्ट हुँदा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Read More

झापा, २५ कात्तिक । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २४ गते लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितबाट मोरङ पथरी शनिश्चरे नगरपालिका–८ केर्खा टोल का २१ वर्षीय विक्रम क्षेत्रीको साथबाट लागुऔषध ब्राउनसुगर १० ग्राम फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी, इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीको टोलीले गोप्य सूचनाको आधारमा इटहरी उपमहानगरपालिका–४ मनकामना टोल का २९ वर्षीय विवेक चौधरीलाई लागुऔषध ब्राउन सुगर २ ग्राम ८९० मिलिग्राम सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुकोको सम्बन्धमा थप अनुसन्धान…

Read More