
झापा, २५ कात्तिक । झापाको कमल गाउँपालिका–२ समयगढका चन्द्र श्रेष्ठको घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।
गएराति श्रेष्ठको बाँसको भाटाको टाटीबेरा, टिनको छाना भएको १ तले घरमा अचानक आगलागी भएको भएको थियो । प्रहरी, स्थानीयबासी र कमल गाँउपालिकाको दमकलको सहयोगमा आगो बिहान ५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट घर, घरमा भएको भाडा वर्तन, अन्नपात, लता कपडा पूर्ण रुपमा जलेर नष्ट हुँदा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


