
चन्द्र बस्नेत
कनकाई, २५ कात्तिक । दिपावलीको अवसरमा खेलिएको देउसी भैलोको हिसाब सार्वजनिक गरिएको छ ।
झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई बिहानी क्लब, बिहानी महिला समूह, शिद्वेश्वर शिव पाञ्चायन मन्दिर व्यवस्थापन समिति, शिद्वेश्वर कृतन मण्डली समूहको संयुक्त आयोजनामा खेलिएको देउसी भैलोको हिसाब आइतबार क्लबको सभाहलमा सार्वजनिक गर्नुका साथै पुरस्कार वितरण समेत गरिएको छ।
क्लब, मन्दिर, कृतन मण्डली सञ्चालन गर्ने उद्देश्यका लागि खेलिएको देउसी भैलोमा ८१ हजार १६ रुपैयाँ सङ्कलन भएको देउसी भैलो कार्यक्रमका संयोजक टोपलाला भुजेलले जानकारी दिनुभयो । नगद सङ्कलन यति भए पनि धान–चामल पनि उठेको र यो बिक्री भएर आउने पैसा अझै बढ्ने संयोजक भुजेलले बताउनुभयो ।
देउसी भैलो कार्यक्रममा १३ हजार १ सय ५० रुपैयाँ खचै भएको शिद्वेश्वर कृतन मण्डली समूहकी अध्यक्ष कृष्णमाया ढकालले बताउनुभयो । जसमा देउसी भैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्ने नौ जनालाई १ हजारका दरले ९ हजार, नृत्य प्रस्तुत गर्ने ३ जना साना नानीहरूलाई २ सयका दरले ६ सय रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार उपलब्ध गराएको बिहानी महिला समूहकी अध्यक्ष मञ्जु भुजेलले बताउनुभयो ।
युनिशा बस्नेत, आकृति कोइराला, प्रिया लिम्बू, निलिशा बस्नेत, सृष्टि खड्का, स्नेहा बस्नेत, एलिशा बस्नेत, एलिशा थापा, मेरिस्का अधिकारी, प्रमदा बारकोटी, बेबिशा बस्नेत र शिजु आचार्यलाई नगद प्रदान गरिएको हो ।
खर्च कटाएर बाँकी ६७ हजार ७ सय ६६ रुपैयाँ संयोजक भुजेलले कनकाई बिहानी क्लबका अध्यक्ष लोकनाथ उप्रेतीलाई हस्तान्तरण गर्नुभएको थियो । देउसी भैली कार्यक्रममा गायनतर्फ कृतन मण्डली अध्यक्ष कृष्णमाया ढकाल, लक्मीप्रसाद ढकाल, प्रिज्मा त्रिखत्री, चन्द्रकला ढकाल, अर्जुन पौडेल, प्राविधिक उज्ज्वल पौडेल लगायत रहेका थिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष मनोज बस्नेत, शिद्वेश्वर शिव पान्चायन मन्दिरका अध्यक्ष बालकृष्ण सिटौला, सल्लाहकार समिति संयोजक अनिरुद्र ओली, सल्लाहकार सदस्य होमबहादुर बस्नेत, पण्डित बलाराम पौडेल, क्लबका उपाध्यक्ष रमेशकुमार बारकोटी, मन्दिर व्यवस्थापन समितिका सचिव चुडामणि ढकाल, सल्लाहकार गोकुल भुजेल, डम्बरबहादुर भुजेल, जानुका सिटौला कृतन मंडली सचिव सुरेखा कार्की, दुर्गा तिम्सिना, कमला कार्की क्लबका सदस्य गीता कार्की (बस्नेत), दिपक कोइराला, मुना खवास, टेकेन्द्र माझी, डिल्लु भुजेल लगायतको उपस्थित रहेको थियो ।
देउसी भैलो कार्यक्रम तयारी बिना छोटो समयमा उपस्थित सहभागीताले उत्साह जगाएको र सोचेभन्दा कार्यक्रम सफल भएको भन्दै सहभागीहरुले खुशी व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन क्लबका सचिव निर्मला बस्नेत गर्नुभएको थियो ।
क्लबले विभिन्न दाताबाट प्राप्त जग्गामा मन्दिर तथा सामुदायिक भवन निर्माण गरिसकेको छ । आगामी दिनमा समेत दाता परिवारको इच्छा र आवश्यकता अनुसार अगाडि बढ्ने क्लबका अध्यक्ष उप्रेतीले प्रतिबद्धता जनाउनुभयो ।


