
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २१ कात्तिक । पहिचानवादी मोर्चाले संघीय समितिको सल्लाहकार, सहसंयोजक र संघीय सदस्य मनोनित गरेको छ। कात्तिक २० गते बसेको पहिचानवादी मोर्चाको संघीय समितिको पूर्ण बैठकले दुई जना सल्लाहकार, एक जना सहसंयोजक र ९० जना सङ्घीय सदस्य मनोनित गरेको हो । मोर्चाका संयोजक प्राडा महेन्द्र लावतीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारमा प्राडा ग्यानेस लामा (अमेरिका) र अधिवक्ता निरञ्जन अधिकारी (अमेरिका)लाई मनोनित गरेको छ भने सहसंयोजकमा मोरङका ज्ञानबहादुर गुरुङलाई मनोनित गरिएको संघीय सदस्य धनबहादुर पङ्धाकले जानकारी दिनुभयो। उहाँका अनुसार २० गते बसेको बैठकले गरेको निर्णय अनुसार मनोनितहरुको आज नामावली सार्वजनिक गरिएको छ । यस्तो मनोनित हुनेहरुको नामावली
झापा, २१ कात्तिक । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । संयुक्त अरब इमिरेट्स ९युएई० को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान…
कनकाई, २१ कात्तिक । झापाको धार्मिक तथा पर्यटकीय स्थल कनकाई माई नदीको किनारमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कनकाई छठ सेवा समाजले कनकाई माई नदी किनारमा प्रत्येक बर्ष आयोजना गर्दै आएको छठ पूजालाई यस बर्षपनि निरन्तरता दिएको हो । श्री कनकाई छठ सेवा समाजले आज सुरुङ्गादेखि कनकाई माई नदीसम्म सरसफाई कार्यक्रम गरेको थियो । समाजको अगुवाईमा भएको सरसफाई कार्यक्रम कनकाईका बिभिन्न सामाजिक संघरसंस्थाको समेत सहभागीता रहेको थियो । आज बिहान ८ बजेदेखि शुरु भएको सरसफाई कार्यक्रम १० बजे पूजा स्थलमा पुगेर समापन भएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । https://www.facebook.com/jhapaonlineportal/videos/591903469911122 यस बर्षको छठ…
लक्ष्मीपुर, २१ कात्तिक । छठ पूजाको अवसरमा लक्ष्मीपुरदेखि बिरिङ खोलासम्म सडक सरसफाई गरिएको छ । छठ युवा फ्रन्ट बिर्तामोडको अगुवाइमा आज लक्ष्मीपुर चोकदेखि छठ पूजास्थल बिरिङ खोलासम्म सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, अभियन्ताहरुको सहभागिता रहेको थियो । बिरिङ खेलामा हुने छठ पूजालाई भब्य र सभ्य बनाउन सरसफाई गरिएको फ्रन्टका अध्यक्ष अमरजीत रौनियारले जानकारी दिए । ‘छठ पर्वका बेला घरआँगन, खोला तथा जलाशय सफा गरिन्छ’, उनले भने, ‘भक्तजन र व्रतालुलाई लक्षित गरेर सडक सफा गरेका हौं ।’ सरसफाई कार्यक्रमको उद्घाटन कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, नेपाली कांग्रेस बिर्तामोड…
झापा, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । साथै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ…
झापा, २१ कात्तिक । हिन्दू धर्मावलम्बीहरुको दुई ठूला महत्वपूर्ण चाड दशैं र तिहार सकिए लगत्तै झापामा छठ पर्वको चहलपहल सुरु भएको छ । झापाका विभिन्न नदी, पोखरी र खोला–किनारहरूमा छठ पर्वको लागि घाट निर्माण र सजावटका काम सुरु भएको छ भने बजारमा छठका लागि आवश्यक सामग्री उपलब्ध हुन थालेका छन् । अहिले नदी–खोला घाटलाई झकिझकाउ पारिँदै छ । छठ पूजाका लागि झापाको मेची, निन्दा, टिमाई, देउनियाँ, फूलवासा, अन्धुवा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीहरूलाई दुलही झैँ सिँगारिने क्रम सुरु भएको छ । मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाका अनुसार अनुसार भद्रपुरको मेची निन्दा नदीमा करिब एक हजार घाट निर्माण हुँदै छन्…
झापा, ३१ कात्तिक । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
झापा, २१ कात्तिक । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास ९व्रत० बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र…
झापा, २१ कात्तिक । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । मंगलबार मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट शिवसताक्षी–१ का २७ वर्षीय पुकार तामाङलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ सिटी सफारीमा आइरहेका उनीमाथि शंका लागेपछि लागुऔषध व्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मलद्वारमा लुकाई राखेको अवस्थामा प्लाष्टिकसहित ७ ग्राम ६४० मिलिग्राम (प्लाष्टिक बाहेक ६ ग्राम) खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको थियो । तामाङलाई झापा जिल्ला अदालतबाट दिन चार म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासत कक्षमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…
झापा, २० कात्तिक । झापाको दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्ग सोही स्थानका अस्तव आलमले सञ्चालन गरेको नमुना सटिङ सुटिङ टेलरमा काम गर्ने कामदारबीच विवाद हुँदा छुरा प्रहार भएको छ । दमक–७ का २७ को सोनु अहमतलाई सुनसरीको धरान उप–महानगरपिलाका–३का २९ बर्षिय एजात अहमतले देनदेनको बिषयलाई लिएर भएको बादबिवाद धारीलो हतियार छुरा प्रहार गरी घाइते बनाएका हुन् । सोमवार १२ः५० बजेको समयमा सोनु अहमतको पेटको बाँया पट्टी प्रहार गरी घाईते बनाई लाईफलाईन अस्पताल दमकमा सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएईको थियो भने थप उपचारका लागि सोनुलाई आफन्तले धरान घोपा अस्पताल लगेका प्रहरीले जनाएको छ । रेफर…