
झापा, २१ कात्तिक । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
मंगलबार मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट शिवसताक्षी–१ का २७ वर्षीय पुकार तामाङलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ सिटी सफारीमा आइरहेका उनीमाथि शंका लागेपछि लागुऔषध व्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मलद्वारमा लुकाई राखेको अवस्थामा प्लाष्टिकसहित ७ ग्राम ६४० मिलिग्राम (प्लाष्टिक बाहेक ६ ग्राम) खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको थियो ।
तामाङलाई झापा जिल्ला अदालतबाट दिन चार म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासत कक्षमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


