jhapaonline add

झापा, २० माघ । नेपाल बार एसोसिएसन, झापा बार इकाईमा नया नेतृत्व चयन भएको छ । मिति २०८१ माघ १९ गते नव निर्वाचित कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता हरि अधिकारीले बताउनु भयो। अधिवक्ता बसन्त नेपालको अध्यक्षता निर्वाचित बार एकाई समितिको उपाध्यक्षमा अधिवक्ता चित्र बहादुर मगर, सचिवमा अधिवक्ता दीपेन्द्र भट्टराई, सहसचिवमा अधिवक्ता सानु कार्की बस्नेत (सिता), कोषाध्यक्षमा अधिवक्ता विजय ढुङ्गाना एबं सदस्यहरु अधिवक्ताहरु नारायणप्रसाद पौडेल, हेमकला कट्टेल, शान्ता पाठक, डम्बर गिरी, तारामणी सापकोटा, तारादेवी बारकोटी, नरेश खाती, भुपालमान भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ। त्यस्तैगरी केन्द्रीय पार्षद प्रतिनिधिमा अधिवक्ताहरू क्रमशः नरेन्द्र ढकाल, लक्ष्मीप्रसाद सिवाकोटी, बेनुप्रसाद सिटौला, पवन कार्की,…

Read More

द्रोण अधिकारीभद्रपुर, २० माघ । पछिल्ला वर्ष फराकिला सडक बन्ने क्रम तीव्र भए पनि भद्रपुर नगर क्षेत्रका मूल सडक अतिक्रमणमा पर्दा आवतजावतमा नागरिकले सास्ती व्यहोर्नु पर्ने अवस्था अन्त्य हुन सकेको छैन । झापा सदरमुकाम समेत रहेको भद्रपुरका सरकारी कार्यालय क्षेत्र तथा वजार क्षेत्रका मुख्य सडकमा हुने अवैध व्यापार तथा व्यक्तिगत उपयोगका नामा अतिक्रमित हुँदा स्थानीयले सास्ती व्यहोर्नु पर्ने अवस्था आएको हो । स्थापनाको ७२ वर्ष पूरा हुदै गर्दा भद्रपुर नगरपालिकाले कुशल नेतृत्व र इमान बोकेको प्रशासक नपाउँदा निकै ठूलो उथपुथलको सामना गरिसकेको छ । नेपालकै पुराना नगरपालिकाको इतिहासको पानामा सुरक्षित यस नगरपालिकाको भौतिक पूर्वाधार विकासदेखि मानव विकास र जनजीविकाको अवस्थासम्म…

Read More

झापा, २० माघ । अमेरिकामा बस्दै आएका झापा बिर्तामोड–२ चारपानेका कबिन्द्र सिटौलाले विश्व यात्रा शुरु गरेका छन् । प्रेम कविताहरु संकलन गरी विश्वकै बिशाल कविता ग्रन्थ ‘ग्रन्थ’ निर्माण तयारीका लागि सिटौलाले विश्व यात्रा शुरु गर्न लागेको जानकारी दिए । नेपालको पूर्वी जिल्ला तेह«थुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा जन्मिएका सिटौला सन् १९९१ देखि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा गैर आवसीय नागरिकका रुपमा बस्दै आएका छन् । ‘मेरो देश, प्रेमको देश’ भन्ने मुल नाराका साथ सिटौलाले विश्वका एक सयवढी देशको साहित्यिक यात्रा गर्ने बताए । उनले एक सय भन्दा वढी मुलकमा पुगेर नेपालका गौरवमय बिषय बस्तुका बारेमा जानकारी गराउने पनि उद्देश्य रहेको बताए…

Read More

झापा, २० माघ । बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सबको सयम थप गरिएको छ । गत माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएको भएपनि दुई दिनका लागि समय थप गरिएको हो । व्यवसाय प्रर्वद्धनसंगै सुस्ताएको बजारलाई चलायमान बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आयोजना गरिएको हो । बिर्तामोड ५ स्थित धर्मकाटा रोडमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको समय दुई दिन थप भएसंगै महोत्सव २१ गतेसम्म सञ्चालन हुने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो । अपरान्ह ४ वजेसम्म महोत्सव स्थल प्रवेशलाई निःशुल्क बनाइएको छ । रहेक दिन साँझ स्थानीय कलाकारको प्रस्तुति रहने गरेको छ…

Read More

बिर्तामोड, २० माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकमा विकासका काम तीव्र गतिमा बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी झापाले आज बिर्तामोड आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले साना–ठूला ठेक्काहरु लागिसकेको र केही लाग्ने क्रममा रहेकाले भौतिक विकासका काम तीव्र रुपमा अघि बढेको बताउनुभयो । “देशको विकासले एउटा फड्को मार्दैछ”, उहाँले भन्नुभयो, “बुटबल नारायणहाट छ महिनादेखि अवरुद्ध थियो त्यो अगाडि बढेको छ ।” मन्त्री दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताउनुभएको छ । मन्त्री दाहालले चरण चरणमा मुआब्जा वितरण गरेर भए पनि विद्युतीय रेलमार्गलाई सरकारले अगाडि बढाउने बताउनुभयो । रेल प्रभावित क्षेत्रका बासिन्दालाई…

Read More

बिर्तामोड, २० माघ । नगर खेलकुद विकास समिति बिर्तामोडले माघ २६ गतेदेखि फागुन ५ गतेसम्म अन्तरपालिका महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समितिले आइतबार बिहान बिर्तामोडमा पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो । नगर खेलकुद विकास समितिले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष विकास गिरीले बताउनुभयो । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो । खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजबंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने छ ।…

Read More

मोरङ, २० माघ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थितबाट प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ परेका छन् । माघ १९ गते दिउँसो इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका–३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्यप्सुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

कनकाई, २० माघ । एनप्याब्सन झापाको आधुनिक नृत्य प्रतियोगिता प्रतियोगितामा झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा रहेको फक्तालुङ एजुकेशन फाउण्डेशन जिल्ला प्रथम भएको छ । झापाको दमकमा सम्पन्न १३ औ बार्षिक खेलकुद तथा सास्कृतिक कार्यक्रममा जिल्ला स्तरीय प्रतियोगितामा आधुनिक नृत्यतर्फको बिधामा फक्तालुङ जिल्ला प्रथम भएको हो । उक्त प्रतियोगितामा झापाकै आदर्श विद्या मन्दिर धुलावारी दोस्रो र झापा मोडल अंग्रेजी विद्यालय दमक तेस्रो स्थान प्राप्त गर्न सफल बनेका हुन । बिजयी तथा उपबिजयी विद्यार्थीहरुलाई एनप्याब्सन नेपालका केन्द्रिय अध्यक्ष सुवास न्यौपाने, दमक नगरपालिकाका प्रमुख राम थापा लगायातले पुरस्कार प्रदान गर्नुभयो । त्यसैगरि नृत्य विधातर्फकै लोक नृत्य प्रतियोगितामा इष्ट होराइजन अंग्रेजी मावि प्रथम भएको छ…

Read More

एजेन्सी । आजकल मानिसहरू जहाँसुकै नाचेर रील बनाउन थाल्छन् । इरानमा नाचगान गरेर रील बनाउने दुई किशोरी पक्राउ परेका छन् । उनीहरूको डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही गरेको हो । इरानी कानुन अनुसार अब उनीहरूलाई कोर्राको सजाय दिइनेछ । उनीहरूमाथि तेहरानस्थित सेक्रेड डिफेन्स वार मेमोरियलमा रील बनाएको आरोप लागेको छ। यो स्मारक सन् १९८० र १९८२ बिचको इरान–इराक युद्धमा मारिएकाहरूलाई श्रद्धाञ्जली हो । इरानी अधिकारीहरूले केटीहरूको पहिरन ‘अनुपयुक्त’ भएको र दुवै किशोरीको इन्स्टाग्राम अकाउन्ट ब्लक गरिएको बताएको छ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानी कानुनमा नृत्यमाथि प्रतिबन्ध लगाइएको थियो। यद्यपि ती दुई युवतीलाई के सजाय दिइने भन्ने…

Read More

फुङ्लिङ, २० माघ । समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिप्तालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलोपटक यात्रा पूरा गरेको बताउनुभयो । उहाँले…

Read More