jhapaonline add

अछाम, १३ माघ । अछामको ढकारी गाउँपालिका–१ मा दुई किशोरीको शव फेला परेका छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का मृत अवस्थामा भेटिएका हुन। उनीहरु नातामा फुपूभदै रहेका आफन्तले बताएका छन्। ढकारी गाउँपालिका–१ स्थित सिस्ने ओढारमा उनीहरुको शव फेला परेको प्रहरी निरीक्षक टेक बहादुर देउवाले बताए। शुक्रबार बिहान ११ बजे उनीहरु घरबाट बाख्रा चराउन जंगलतिर गएका थिए। बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गरेका थिए। शनिबार बेलुका उनीहरुले दुवै किशोरीको शव फेला पारेका हुन। प्रहरीलाई बेलुकी ७ बजे खबर आएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारी घटनास्थलमा…

Read More

झापा, १३ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले…

Read More

तेह्रथुम, १३ माघ । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताउनुभयो । उहाँका अनुसार उसबेला मेलाहाट, बिबाह, बर्खान्तजस्ता जमघटमा मात्र नभएर युवायुवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धान नाच्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला जस्तो धान नाचेको कतै देखिँदैन । समयक्रमसँगै धाननाच बेलाबखत आयोजना…

Read More

ताप्लेजुङ, १३ माघ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो ।…

Read More

झापा, १३ माघ । बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको उपस्थिति बढ्दै गएको छ । देश भित्र र बाहिर उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि जानेहरुको भीड बढेको हो । महोत्सव स्थलमा ग्रहकको उपस्तिथि बाक्एिसंगै व्यवसायीहरु उत्साहित देखिएका छन् । किचन सामग्री र स्वरोजगार मूलक उद्यमका उत्पादनमा ग्राहकको विशेष चासो देखिएको छ । शनिवार विदाको सदुपयोग गर्दै वालवालिका समेतको उपस्थितिमा ग्राहकहरु महोत्सवस्थल पुगेको देखिन्न्थे । मेलामा रौनक थप्न पोखराका नन्दनी साह चटपट र भेलपुरी लिएर बिर्तामोड आएका छन् । यस अघि उनले धरान एक्सोमा पनि चटपट र भेलपुरीको स्वाद चखाएका थिए । धनकुट्टा हिलेबाट ल्याइएको घरेलु ठेकी र…

Read More

शिवसताक्षी, १३ माघ । झापाको शिवसताक्षीमा २८६१ औं डुल्लु सोनाम ल्होसार मनाइने भएको छ। नेपाल तामाङ घेदुङ शिवसताक्षीको आयोजनामा आगामी माघ १७ गते १९ गतेसम्म शिवसताक्षी ११ झिलझिले स्थित टाँसी धार्गेलिक गुम्बामा मनाइने भएको हो । नेपाल तामाङ घेदुङ संघ शिवसताक्षीले पत्रकार सम्मेलन गर्दै विभिन्न, झाँकीसहित सास्कृतिक कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार पर्व भव्य रुपमा मनाइने जानकारी गराइएको हो । कार्यक्रममा तामाङ समुदायका भेषभुषा प्रर्दशन गर्ने, राष्ट्रिय कलाकारबाट बेजोड प्रस्तुती रहने समेत बताइएको छ । झापा जिल्लाका विर्तामोड र दमक बीचको क्षेत्रलाई समेटेर लोसार पर्व मनाइने नेपाल तामाङ घेदुङ संघ शिवसताक्षीका अध्यक्ष नविन मुक्तानले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न…

Read More

चन्द्र बस्नेतकनकाई, १२ माघ । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले इन्टरनेट प्रदायक संस्थालाई स्थानीय तहमा जोडिन आग्रह गर्दै अटेरी गरे कारबाही गरिने चेतावनी दिएको छ । वडा कार्यालयले पटक–पटक गरेर इन्टरनेट, केवल तथा फोन प्रदायक संस्थालाई पत्राचार गरेर छलफलका लागि बोलाए पनि केही मात्र उपस्थित हुने गरेको भन्दै कडा चेतावनी दिएको हो । स्थानीय सरकारले बोलाउँदा समेत अटेर गर्ने इन्टरनेट प्रदायक संस्थालाई वडा कार्यालयमा छलफलका लागि उपस्थित भएर सूचीकृत तथा दर्ता र केवल तार व्यवस्थापनका कडा चेतावनी दिएको हो । कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईले शुक्रबार इन्टरनेट, टेलिकम, केवलवालालाई अन्तर सम्वादका लागि पत्राचार गरेको बताउनुभयो ।…

Read More

कनकाई, १२ माघ । चुडाल बन्धु कल्याण केन्द्रीय समितिले पत्रकार चुडामणि तिम्सिना (सिएम शर्मा) सहित आठ जना सम्मान गरेको छ । समितिको १७ औं वार्षिक साधारणसभाको अवसरमा दुई दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल ठोस खबरका सम्पादक तिम्सिनालाई सम्मान गरेको हो । , नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, कनकाई सुरुङ्गा प्रेस क्लब लगायतका विभिन्न संघ–संस्थामा आबद्ध उहाँले पत्रकारिता माध्यमबाट समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै समितिले चुडाल बन्धु कल्याण समितिका संस्थापक अध्यक्ष भद्रप्रसाद चुडालले आफन्तजनको नाममा स्थापना गर्नुभएको विष्णुलक्ष्मी हिमादेवी अक्षयकोषबाट सम्मान गरेको हो । त्यसैगरी, संस्थाको विष्णुलक्ष्मी हिमादेवी अक्षयकोषबाटै संस्थाको आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडाललाई उहाँले कोषमा पुर्याउनुभएको योगदानको…

Read More

कनकाई, १२ माघ । झापाको कनकाई–८ स्थित भेटवाल गाउँमा २८ जनालाई व्यावसायिक च्याउ खेती प्रविधि तालिम दिइएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजना, कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा न्यू सिद्धि बिनायक च्याउ फर्मको प्राविधिक सहयोगमा तालिम दिइएको हो । च्याउ खेतीको प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमममा कनकाई स्वभालम्वी अपाङ्गता संस्थाका अपाङ्गा भएका १५ जनासहित २८ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशोधन निरौलालले गर्नुभएको थियो । रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन तालिममा कनकाई–८ का वडाध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाकाका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, कनकाई नगरपालिका…

Read More

झापा, १२ माघ । प्रेस सेन्टर नेपाल प्रदेश १ का अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार राती सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष रहेका थिए ।समितिको उपाध्यक्ष सुजन तिमिल्सिना, सुजता लिम्बु, सेसेहाङ लाओति, महासचिव गोकुल पराजुली, सचिव इश्वर थापा, डिकेश लामा, बिनु तिमिल्सिना, सत्यनारायण शर्मा, कोषाअध्यक्ष झुलन रेग्मी रहेका छन् । त्यसैगरी सदस्यीयहरु हरी अधिकारी, बाबुराम मुडियारि, पवन साह, मनिता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रविण बानिया, भीम कुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दिपक अधिकारी रहेका छन् ।

Read More