
झापा, १२ माघ । प्रेस सेन्टर नेपाल प्रदेश १ का अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।
विराटनगरमा शुक्रबार राती सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष रहेका थिए ।
समितिको उपाध्यक्ष सुजन तिमिल्सिना, सुजता लिम्बु, सेसेहाङ लाओति, महासचिव गोकुल पराजुली, सचिव इश्वर थापा, डिकेश लामा, बिनु तिमिल्सिना, सत्यनारायण शर्मा, कोषाअध्यक्ष झुलन रेग्मी रहेका छन् ।
त्यसैगरी सदस्यीयहरु हरी अधिकारी, बाबुराम मुडियारि, पवन साह, मनिता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रविण बानिया, भीम कुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दिपक अधिकारी रहेका छन् ।
Facebook Comments Box


