jhapaonline add

मकवानपुर, १ फागुन । प्रविधिको बढ्दो दुरुपयोगले अनलाइनमा बालबालिकाहरू असुरक्षित रहेको बुधबार हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सिविन नेपालद्वारा आयोजित “अनलाइनमा बालबालिकाको संरक्षण” विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले इन्टरनेटको बढ्दो प्रयोगसँगै बालबालिकाहरू जोखिममा पर्ने गरेको बताएका हुन् । कार्यक्रममा सहभागीहरूले सूचना प्रविधिको प्रयोगबाट बालबालिकाहरूलाई शैक्षिक क्रियाकलापसँग जोड्नुपर्ने आवश्यकता बढ्दै गइरहेकोले त्यसबाट बचाउन सचेतनामूलक कार्यक्रमलाई तीव्र र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । अनलाइनमा हुने जोखिमबाट बालबालिकाहरूलाई जोगाउन बालबालिकाले अनलाइनमा गर्ने गतिविधिबारे जानकारी राख्नुपर्ने, सामाजिक सञ्जालको प्रयोग गर्दा हुनसक्ने सम्भावित अनुचित गतिविधिहरूको बारेमा जानकारी राख्नुपर्ने र नियमित निगरानी गर्नुपर्ने साथै बालबालिका एवम् अभिभावकहरूका लागि सुरक्षित इन्टरनेट…

Read More

झापा, १ फागुन । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र…

Read More

झापा, १ फागुन । झापाका करिब ४७ हजार किशोरीले पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप लगाएका छन् । ५४ हजार ९७९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४६ हजार ९६९ जना किशोरीले एचपीभी खोप लगाएको जिला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो लक्ष्यको ८५।४३ प्रतिशत हो । स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ७५४ र विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ४४ हजार २१५ जना किशोरीलाई एचपीभी खोप लगाइएको थियो । विद्यालयमा अध्ययनरत ९४.०९ प्रतिशतले खोप लगाउँदा विद्यालयबाहिरका ३२.०८ प्रतिशतले मात्र खोप लगाएको कार्यालयको तथ्याङ्कले देखाएको छ । विद्यालयबाहिर रहेका…

Read More

चन्द्र बस्नेतकनकाई, १ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ आयोजना हुने भएको छ । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा आगामी फागुन ७ गते बुधबार फक्ताङलुङ महोत्सव–२०८१ आयोजना हुने निश्चित भएको विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो । विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको बताएको छ । महोत्सवमा प्राचीन घरेलु सामग्रीको प्रदशर्नी तथा फक्ताङलुङ म्युजियमको उद्घघाटन, विज्ञान तथा रोबर्टिस प्रदर्शनी, विभिन्न पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री तथा प्रदर्शनी, विभिन्न चित्रकलाको प्रदर्शनी, विद्यार्थीले नै उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी र विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना हुने विद्यालयका प्रिन्सिपल…

Read More

बिर्तामोड, ३० माघ । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकामाथि ३-० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको तेस्रो क्वाटर फाइनल खेलमा पहिलो हाफमा २ र अन्तिम हाफमा १ गोल सम्भव भएको थियो । खेलमा सुरुवाती गोल वर्षा ओलीले मेचीनगरका लागि गरेकी थिइन् । खेलको १२औँ मिनेटमा गोल गरेकी वर्षाले २५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । यसैगरी, खेलको ५१औँ मिनेटमा नयन राईले मेचीनगरको लागि तेस्रो गोल गरिन् । खेलमा दुई गोल गरेकी वर्षा ओली प्लेयर अफ…

Read More

झापा, ३० माघ । झापाको निर्वाचन क्षेत्र नं. १ मा तीन वटा आयोजनाका लागि टेण्डर आह्वान भएको छ । झापा १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको पहलमा स्थानीयबासीको माग बमोजिम रकम बिनियोजन भएर आज दुई वटा पुल र एक वटा खानेपानी आयोजनाको टेण्डर आह्वान भएको हो । सांसदको सचिवालयका अनुसार मेचीनगर–१३ मा पुल भासिएर बाँगे पुल भनेर परिचित ठाउँमा नयाँ पुल निर्माण गर्न ११ करोड १८ लाख ४० हजार, धुलाबारी खानेपानीका लागि २० करोड (४ लाख ५० हजार लिटरको ओभर हेड ट्याङ्की निर्माण, नयाँ पाइप लाईन बिस्तार, डिप बोरिङ, नयाँ पानी प्रशोधन केन्द्र, चौकिदार क्वाटर निर्माण) र हँडिया नदीमा पुल…

Read More

शिवसताक्षी, ३० माघ । झापा शिवसताक्षी ७, व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले ६२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सव कार्यक्रमकै अवसरमा पारेर एक अवकाश प्राप्त गरी ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा लामो समय अध्यापन गराई अनिवार्य अवकास प्राप्त नारादमणि न्यौपानेलाई विद्यालयले सम्मान गरेको विद्यालयका प्रअ रमेशकुमार दाहालले जानकारी दिए । त्यस्तै विद्यालयले स्वच्छिक अवकास लिएका गोरखमान पौडेल, निजी स्रोतबाट अध्यापन गराउने सुष्मा सापकोटा र अञ्जु पौडेललाई पनि सम्मान गरेको छ । विद्यालयले शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष मणीप्रसद खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धिप्रसाद लक्समलाई पनि सम्मान गरेको प्र.अ. दाहालले जानकारी दिए । कार्यक्रममा प्रमुख…

Read More

चन्द्र बस्नेतकनकाई, ३० माघ । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले वडामा तरकारी खेती गर्ने कृषकलाई मल्चिङ्ग पाल्स्टिक वितरण गरेको छ। वडा कार्यलय परिसरमा बुधबार आज एक कार्यक्रमको आयोजना गरी यहाँका तरकारी खेती गर्ने ३ जना कृषकलाई मल्चिङ्ग पाल्स्टिक वितरण गरेको हो। व्यवसायीक तरकारी खेती गर्दै आउनुभएका नरहरी शिवाकोटी ,लाखबहादुर तामाङ र भक्त तामाङलाई तरकारी खेती गर्न पुग्ने गरी ३र३ रोलका दरले मल्चिङ्ग पाल्स्टिक वितरण गरिएको हो । एक रोलले ३ कठ्ठा सम्म माटोलाई कबर गर्न सक्ने मल्चिङ्ग पाल्स्टिक प्रयोग गर्नाले उत्पादन बढाउनुका साथै लागत घटाउने , घाम(पानीबाट बचाई माटो चिसियान राख्न मद्दत पुग्ने आवश्यक बस्तु रहेको नगर कृषि…

Read More

कनकाई, ३० माघ । झापाको कनकाई नगरपालिकाले कृषि औजार वितरणका लागि कृषकसँग निवेदन माग गरेको छ । नगरपालिकाले माघ २८ गते एक सूचना जारी गर्दै कृषकसँग निवेदन माग गरेको हो । कृषकले फागुन आगामी ४ गतेसम्म निवेदन दिन सक्नेछन् । प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदान कार्यक्रम अन्तर्गत मकै खेती प्रबद्र्धन कार्यक्रमका लागि कृषकसँग ५० प्रतिशत लागत सहभागितामा निवेदन माग गरिएको नगरको कृषि शाखाले जनाएको छ । नगरपालिकाले लागत सहभागितामा सिँचाइ मोटर, मकै छोडाउने मेसिन र मकै रोप्ने मेसिन वितरण गर्न लागेको हो । निवेदनसहित कृषकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा धनीपुर्जाको प्रतिलिपी ÷ लिजमा लिएको कागजात ऐलेनी जग्गाको हकमा नगरपालिकाबाट प्राप्त…

Read More

झापा, ३० माघ । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले आज बुधबार सार्वजनिक बिदा दिएका छन् । झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाहरुले हिजो सूचना जारी गरी स्थानीय सार्वजनिक बिदा भएको जनाएका थिए । भद्रपुरको किच्चकबधमा बर्सेनि किच्चकबध मेला मनाइँदै आएको छ । सन्थाल समुदायले मनाउने ‘सोहराय’ पर्व उनीहरुको प्रमुख पर्व हो ।

Read More