jhapaonline add

चन्द्रगढी, २९ माघ । झापाको भद्रपुरका शिक्षासेवी प्रकाशचन्द्र शर्माको निधन भएको छ । उनको गत २०८१ माघ २२ गते काठमाडौंमा निधन भएको हो ।२००८ साल फागुन १० गते जन्मिएका उनी झापाको भद्रपुर नगरपालिका मेची प्रादेशिक अस्पताल दक्षिणमा स्थायी बसोबास गर्दथे । शिक्षासेवी शर्माले झापाका भद्रपुर मावि, एसएस निकेतन मावि, प्रज्ञा एकाडेमीमा विज्ञान शिक्षकका रुपमा कार्य गरेका थिए । भानु स्मृति माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका उनले शिक्षणका साथै केही समय माध्यमिक शिक्षक तालिम केन्द्रको बिज्ञान प्रशिक्षक भएर कार्य गरेका थिए । त्यसका साथै शैक्षिक पत्रिका गन्तव्यमा सम्पादक मन्डलमा रही पत्रिकाको सम्पादन गरेका थिए । उनका शैक्षिक पत्रिका गन्तव्य र ज्ञानमालामा बिज्ञानसंघ…

Read More

बिर्तामोड, २९ माघ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६(० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै अर्जुनधाराले उपाधिमाथि दाबेदारीसमेत प्रस्तुत गरेको छ । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् । सुरुवाती गोल जेनिफरले खेलको ६ मिनेटमै गरेकी थिइन् । उनले खेलको ४०औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो गोल…

Read More

अर्जुनधारा, २९ माघ । झापाको अर्जुनधारा नगरपालिकाको १६औं नगरसभाको नियमित अधिवेशन आजबाट शुरु भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा नगरपालिकाको सभा हलमा आजदेखि अधिवेशनमा शुरु भएको हो । अर्जुनधारा नगरपालिकाको उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक खड्गमाया पराजुलीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रमको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नगर सभामा उहाँले अर्धवार्षिक प्रगति समीक्षा प्रतिवेदन, संशोधित कार्यक्रम र २०८१/८२ का लागि प्रस्तावहरू समेत पेश गर्नुभयो । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि संशोधित आयतर्फ ९९ करोड ६९ लाख २१ हजार ६४४ रहेको र यथार्थ आयत ८५ करोड ६५ लाख…

Read More

झापा, २९ माघ । झापाको बिर्तामोड नगरपालिका–६ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ बिर्तामोड–६ स्यालडाँगीमा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी आफ्नै घरमा लागुऔषध सेवन गर्दै गरेको फेला परेका थिए । उनलाई नियन्त्रणमा लिएर शरीर र कोठामा खान्तलासी लिँदा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लास्टिकसहित २ ग्राम ६३० मिलिग्राम (प्लास्टिक बाहेक ३२० मिलिग्राम) र गाँजा ४ ग्राम १५० मिलिग्राम फेला परेकोले उक्त लागुऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २८ माघ । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो । यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक…

Read More

नुवाकोट, २९ माघ । नुवाकोटमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक युवा गम्भीर घाइते भएका छन् । काठमाडौँबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबसले लिखु गाउँपालिका–५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका–५ रसुवाका पुरुषोत्तम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया–५ का २५ वर्षीय प्रमोद थापाको उपचार भइरहेको छ। माइक्रोबसका चालक विदुर नगरपालिका–४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा, २९ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको…

Read More

झापा, २९ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ । तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागिरहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।…

Read More

झापा, २८ माघ । काँकडभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया रु छ अर्ब ८२ करोड, अलैँची रु चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर रु एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको उहाँले बताउनुभयो । यस्तै, अदुवा रु २६ करोड १३ लाख, अम्लिसो रु ४९ करोड ७४ लाख, बन्दा…

Read More

बिर्तामोड, २८ माघ । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकाकि स्वस्तिका बिकले खेलको ५ मिनेटमै गोल गरेर अग्रता दिलाएकी थिइन् । यस्तै, समीक्षा मगरले २०ओँ मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् । समिक्षाले गोल गरेको १ मिनेट नबित्दै पूर्णिमा राईले गोल गरेर ३–० गोलको अन्तर निकालिन् । खेलको ४३ओँ मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ दी…

Read More