
झापा, २९ माघ । झापाको बिर्तामोड नगरपालिका–६ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
सोमबार साँझ बिर्तामोड–६ स्यालडाँगीमा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी आफ्नै घरमा लागुऔषध सेवन गर्दै गरेको फेला परेका थिए । उनलाई नियन्त्रणमा लिएर शरीर र कोठामा खान्तलासी लिँदा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लास्टिकसहित २ ग्राम ६३० मिलिग्राम (प्लास्टिक बाहेक ३२० मिलिग्राम) र गाँजा ४ ग्राम १५० मिलिग्राम फेला परेकोले उक्त लागुऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


