jhapaonline add

झापा, ९ माघ । झापाको मेचीनगर नगरपालिका–१३ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१३ का २५ वर्षीय लुबी कामाईलाई ४ सय ६० मिलिग्राम ब्राउन सुगर र १५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीले देवानगञ्ज गाउँपालिका–५ पालटोल स्थितबाट बेवारिसे अवस्थामा राखिएको २८ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइ रहेको छ ।

Read More

हल्दिबारी, ९ माघ । झापाका दुई पालिकाका पत्रकारको भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेको छ । हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको संयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विगठन गर्दै नयाँ क्लब गठन गरेको हो । हल्दिबारी गाउँपालिका–२ भेलागढी लोकतान्त्रिक पार्कमा भएको भेलाले दुबै पालिकाका पत्रकारहरुको छाता संगठन गठन गरिएको हो । नव गठित क्लबको कार्यसमितिको अध्यक्षमा नेत्रबिक्रम बिमली, उपाध्यक्षमा अभिषेख धमला, महासचिवमा हैकम घिसिङ, सचिव मनोज तिवारी, कोषाध्यक्षमा शान्ता उप्रेती रहेका छन् । क्लबको सदस्यमा जनक राजवंशी, टिकारम बाँस्तोला, राजेश आचार्य र असफाक आलम रहेका छन् । सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी, सुरेन्द्र भण्डारी र याम दंगाल रहनेका छन् । त्यस्तै, लेखा…

Read More

भद्रपुर, ९ माघ । भद्रपुर जेसीज सन् २०२५ को अध्यक्षमा शैलेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । भद्रपुर जेसीजको ५० औं साधारणसभा तथा ४९ औं शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र खडका र निरप्रसाद अधिकारी, महासचिवमा हेडम्बराज निरौला, कोषाध्यक्षमा सरोज ढकाल, उपाध्यक्षहरू कुशल न्यौपाने, आरोग्य तिम्सिना, अनुभव श्रेष्ठ, सुमन बिमली र कानुनी सल्लाहकारमा रबिन कार्की चयन भएका छन् । महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार निर्वाचित अध्यक्षले मनोनित गरेका हुन् । नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम माघ १६ गते हुने जनाइएको छ ।

Read More

झापा, २९ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइनसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आज मेचीनगर–६ पुरानो मेचीपुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउदैं गरेका शिवसताक्षी नगरपालिका–८ का ३० वर्षीय आशिक राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन प्लाष्टिकसहित २ ग्राम ८२० मिलिग्राम (प्लाष्टिक बाहेक २ ग्राम) फेला परेकाले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

माघे संक्रान्ति नेपाली परम्परागत चाड हो, जुन प्रत्येक वर्ष माघ महिनाको पहिलो दिनमा मनाइन्छ । यस चाडलाई मकर संक्रान्ति पनि भनिन्छ र यस दिनलाई ज्योतिषशास्त्र अनुसार सूर्य मकर राशिमा प्रवेश गर्ने दिन मानिन्छ । यो दिनले शीत ऋतुको अन्त्य र बसन्त ऋतुको आगमनको संकेत गर्दछ । माघे संक्रान्तिको विशेषता१. धार्मिक महत्त्वयस दिन पवित्र नदी वा तलाउमा स्नान गर्ने परम्परा छ, जसले शारीरिक र आत्मिक शुद्धि ल्याउने विश्वास गरिन्छ । विशेषगरी त्रिशूली, गण्डकी, कालीगण्डकी र अन्य पवित्र स्थानमा स्नान गरिन्छ । यस दिन देवताहरूको पूजा, विशेषगरी भगवान् विष्णु र सूर्य देवताको आराधना गरिन्छ । २. खानपिनयो चाडमा तिलको लड्डु, चाकु, घ्यू,…

Read More

बिर्तामोड, २९ पुस । झापा गोल्डकपको अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेको हो । गिरी झापा गोल्डकपका कोषाध्यक्ष र कार्की बरिष्ठ उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेलको उम्मेद्वारी परेको छ भने उपाध्यक्षमा युवराज कार्की (पर्वत) ले उम्मेद्वारी दिएका छन् । पौडेल स्थापनाकालदेखि सचिव र कार्की संस्थापक सदस्य थिए । उनीहरु दुवै जना सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिवमा बुद्ध तामाङ र प्रकाश शिवाकोटीको उम्मेद्वारी परेको छ । सहसचिवमा भने विष्णुप्रसाद सिग्देल र यादव पोखरेलको उम्मेदारी परेको हो । त्यस्तै कोषाध्यक्षमा युवराज निरौला र चुडामणि कट्टेलको उम्मेद्वारी परेको निर्वाचन…

Read More

बिर्तामोड, २९ पुस । झापा गोल्डकपको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोद बस्नेतको अध्यक्षता तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि गुरुङले झापा गोल्डकप झापाको पहिचान बनेको बताउनुभयो । “झापा गोल्डकप र झापाली फुटबल देशभरि पहिचान बनेको छ”, उहाँले भन्नुभयो, “झापाली फुटबललाई उचाइमा पु¥याउन सबै एकजुट हुनुपर्छ ।” झापा गोल्डकपको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न उहाँले आग्रह समेत गर्नुभयो । उद्योग बाणिज्य संघ कोशी प्रदेश कार्यसमिति सदस्य प्रकाश शिवाकोटीले बिर्तामोडमा फुटबलको टे«निङ सेन्टर अत्यावश्य भएकाले सोको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । बिर्तामोड उद्योग…

Read More

झापा, २९ पुस । झापाको शंकराचार्य पीठ साधुटारमा आजदेखि भविष्यकात्मक अतिरुद्र महायाग सुरु भएको छ । पूर्वमै पहिलोपटक यति ठूलो अनुष्ठान सुरु भएको शंकराचार्य पीठ साधुटारले जानकारी दिएको छ । भारतको दिल्लीस्थित केन्द्रीय संस्कृति विश्वविद्यालयका प्राध्यापक डाक्टर काशीनाथ न्यौपानेले आज महायागको शुभारम्भ गर्नुभएको हो । शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाको सभापतित्वमा आयोजित अनुष्ठान शुभारम्भ गर्दै प्रमुख अतिथि डाक्टर न्यौपानेले यज्ञ अनुष्ठानको महत्वबारे प्रकाश पार्नुभयो । १५१ आचार्यहरूको अगुवाइमा ११ दिनसम्म सञ्चालन हुने अतिरुद्र महायागमा डा गुरुप्रसाद सुवेदी प्रमुख यज्ञचार्य रहनुभएको छ।यसैगरी, भारत बनारसका हाकिमप्रसाद भण्डारी तथा विद्यालयका पूर्व प्राचार्य डिल्लीराम रिजाल सहयाज्ञाचार्य रहनुभएको जानकारी दिइएको छ ।नेपाल र भारतका विद्वान…

Read More

विराटनगर, २९ पुस । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमको समारोह बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दर्ज्यानी चिन्हले सुशोभन गर्नु भएको छ । पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक आर्कीटेक हरी प्रसाद ढंगोल लगायत सिनीयर प्रहरी अधिकृत,…

Read More

काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । भोलि (मंगलबार) सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए ।…

Read More