
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
झापा, १८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर…
झापा, १८ साउन । यस वर्षको साउनको तेस्रो सोमबार आज बिहानैदेखि झापासहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । बिहानदेखि नै झापाको अर्जुनधारा जलेश्वरधाम, कोटीहवन, सताक्षीधाम लगायतका मन्दिरमा साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका छन् ।
झापा, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजलरमट्टीतेलमा ५ रूपैयाँ बढेको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।
झापा, १८ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चि प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको…
झापा, १८ साउन । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरीले शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा उनलाई निवासबाटै पक्राउ गरेको हो । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।
झापा, १७ साउन । नागरिकको जीउधनको सुरक्षाका लागि खटिएको प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गएराति पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेका थिए। प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ। गोली लागेर घाइते भएका तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा तामाङ विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
धनकुटा, १७ साउन । धनकुटाको चौबिसे गाउँपालिका–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले प्लास्टिकका ४८ वटा बोरामा लुकाई राखिएको ८०४ किलो गाँजा बरामद गरेसंगै छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।
इलाम, १७ साउन l इलाम–झापा फास्ट ट्र्याकअन्तर्गत बेलासे–मूलघाट सडकखण्डमा आइतबार यात्रुबाहक बोलेरो दुर्घटनामा परेको छ। सोयाकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ज ३७०४ नम्बरको बोलेरो सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाका बेला गाडीमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। प्रारम्भिक रूपमा वर्षायामका कारण सडक चिप्लो र जोखिमपूर्ण भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले वर्षाको समयमा इलाम–झापा फास्ट ट्र्याकको बेलासे–मूलघाट सडकखण्ड विशेष जोखिमपूर्ण रहने भएकाले चालकलाई सवारी साधनको गति नियन्त्रणमा राख्न, सावधानीपूर्वक यात्रा गर्न तथा यात्रुहरूलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
झापा, १७ साउन । संखुवासभा र मोरङका दुई फरक स्थानबाट प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा ४ थान भरुवा बन्दुक तथा बन्दुकमा प्रयोग हुने सामग्री बरामद गरेको छ। संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट प्रहरीले ३ थान भरुवा बन्दुक, १ थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद बरामद गरेको हो। साउन १६ गते गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सभाखोलाबाट खटिएको टोलीले ओडारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामग्री फेला पारेको प्रहरीले जनाएको छ। यस्तै, मोरङको उर्लाबारी नगरपालिका–१ कट्लेस्थित श्री जनज्योति सामुदायिक वनबाट इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले १ थान भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग…
झापा, १७ साउन l कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ७ जना पक्राउ परेका छन्। झापाको कनकाई नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले भारतको बिहार राज्य, अररियाका २८ वर्षीय मो. एजवाल र २७ वर्षीय अझर अन्सारीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १०२ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर, निटाजिन वर्गका ७ हजार ४५० ट्याब्लेट तथा ट्रामाडोल ७ हजार २०० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलबाट इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ निवासी २७ वर्षीय मिका खत्री र २७ वर्षीया बन्दना माखिमलाई ट्रामाडोल…