
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चन्द्र बस्नेत/ नेत्र बिमलीकनकाई, २७ माघ । झापा गाउँपालिकाले आज किसानलाई सिञ्चाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०–५० साझेदारी कार्यक्रम अन्तर्गत १ सय ७६ मोटर र ३ सय ३८ वटा स्प्रे ट्याङ्की वितरण गरेको हो । कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवम् कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्य रहेको थियो । गाउँपालिका भित्रका सबै वडामा आज एकैसाथ १ सय ७६ थान विद्युतीय मोटर र ३ सय ३८ थान स्प्रे ट्याङ्की वितरण गरेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभयो । पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र…
अर्जुनधारा, २७ माघ । झापाको अर्जुनधारा नगरपालिकामा देखिएको भूमिसम्बन्धी समस्या समाधान गर्न पहल तीव्र रुपमा अघि बढाइएको छ । अर्जुनधारा नगरपालिकाले नगरमा देखिएको भूमि सम्बन्धी समस्यालाई प्राथमिकता दिँदै पहल तीव्र रुपमा अघि बढाइएको हो । केही समयअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यहाँको भूमि सम्बन्धी समस्याका बारेमा चासो राख्दै समाधानका लागि सम्बद्ध निकायमा पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । भूमि सम्बन्धी समस्यालाई किनारा लगाउनका आज अर्जुनधारा नगरपालिकामा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको छ । नगरप्रमुख बलदेव गोम्देनको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रियामा भूमि समस्या समाधान आयोग कोशी प्रदेशका संयोजक अनिलकृष्ण प्रसाईंको प्रमुख अतिथ्य रहेको थियो । अर्जुनधारा नगरपालिकाको अव्यवस्थित बसोबासी,…
सरोज भट्टराईशिवसताक्षी, २७ माघ । झापा शिवसताक्षीका एक सामुदायिक विद्यायलका विद्यार्थीहरुले विजुलीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् । शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थीहरु मिलेर इभी मोटरसाइकल निर्माण गरेका हुन् । उनीहरुले श्री राष्ट्रिय रमणीय आदर्श मावि ५५ औं वार्षिकोत्सव पारेर उक्त मोटर साइकल सार्वजनिक गरेका थिए । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रशन्न दवाडी, सन्देश बराल, निशान शकर र क्याम्ब्रिज विद्यालय कक्षा ८ मा अध्ययनरत उज्ज्वल घिमिरेले मोटरसाइकल निर्माण गरेका हुन् । मोटरसाइकल निर्माण गर्ने चार जना विद्यार्थीहरुलाई दूधे माविका…
बिर्तामोड, २७ माघ । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा दमक नगरपालिकालाई ७(० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन भने २ गोल मेनुका मगरको नाममा रह्यो । एकोहोरो दबाब झेलेको दमकविरुद्ध पहिलो हाफमै ६(० गोलको फराकिलो अन्तर अर्जुनधाराले निकालेको थियो । जसमा जेनिफरले ४ र मेनुकाले २ गोल गरेकी थिइन् । जेनिफारले खेलको ३, ७ र १७औँ मिनेटमा गोल गर्दै…
शनिश्चरे, २७ माघ । झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले कृषि बिज्ञ, नगरका जनप्रतिनिधि, कृषि शाखाले मात्र माटो बचाउ अभियानमा लागेर नहुने बताएका छन् । विषादी भएको खाने कुराले सवैको स्वास्थ्यमा समस्या हुने भएकाले सवैले माटो बचाउ अभियानमा लाग्नु पर्ने बताए । बिषादीयुक्त खानेकुरा खाँदा जति नै योगा र शारिरिक ब्याम गरेपनि मानव स्थास्थ्य नरहने बताउँदै सवैले माटो बचाउँ अभियानमा साथ र सहयोग गर्नुपर्ने उनको धारण थियो । बिषादीयुक्त खानेकुराका कारण अहिले घर–घरमा सुगर, प्रेसर, मुटु, क्यान्सर र मृगौला रोगीको संख्या बढीरहेको सम्पूर्ण नेपालीलाई स्वास्थ्य रहन पनि माटो बचाउ अभियानमा लाग्नु पर्ने नगर प्रमुख बलदेवको भनाई छ ।…
झापा, २७ माघ । विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्वको लागि चैत २ र ३ गते बिर्तामोडमा हुने भएको छ । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना हुँदै आएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्व अडिशन बिर्तामोड हुन लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सहित अडिसनबारे आयोजकले गराएको हो । इन्ट्रा–नेशनल वेलफेयरका नेपाल संयोजक राम बानियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका प्रमुख अतिथि बरिष्ठ गीत तथा संगीतकार साधक शिवशंकर थापाले यस्ता प्रतियोगिताल आफ्नो भाषा संस्कृतिसँगै कला–संगीतको श्रीबृद्धिमा टेवा मिल्ने बताउनुभयो ।…
झापा, २७ माघ । केलियन एमबाप्पेको निर्णायक गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा अंक बाँड्न सफल भएको छ । शनिबार राति मड्रिड डर्वीमा भएको खेलमा रियलले एथलेटिको मड्रिडसँग १–१ को बराबरी गर्दै अंक बाँड्न सफल भएको हो । खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजको पेनाल्टी गोलमा एथलेटिकोले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलको दोस्रो हाफमा पुनरागमन गर्दै अंक खोस्न सफल भयो । खेलको ५० औँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो । लिगको २३ खेलमा १५ खेल खेलेमा जित, ५ खेलमा बराबरी र ३ खेलमा बराबरी गरेको रियल ५० अंकमा शीर्ष…
झापा, २७ माघ । चितवनमा आज बिहान बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका–२९ सेतिदोभान भन्ने ठाउँमा आइतबार बिहान पौने पाँच बजे लुप्र ०३–००१ ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ। सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारको लागि चितवन मेडिकल कलेजमा पुर्याएको छ। बसमा २९ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन्। अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने…
झापा, २७ माघ । आज देशका पाँच प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यस्तै दिउँसो बागमती प्रदेशको हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। राति भने यो प्रदेशमा हिमपातको सम्भावना छैन। दिउँसो गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छभने राति पनि सो प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। कर्णाली प्रदेशको हिमाली क्षेत्रका दिउँसो एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना…
झापा, २७ माघ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८…