उदयपुर, २४ वैशाख । उदयपुरको बेलका नगरपालिका– ८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यू भएको छ ।
वैशाख २३ गते विहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीमा हाम फालेका हुन् ।
पुलबाट हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
Facebook Comments Box


