बिर्तामोड, २४ बैशाख । किरात जातजातिको पहिचान झल्कने सम्पूर्ण सामान पाइने व्यावसायिक प्रतिष्ठान सांकेन क्रिएसन झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ ।
‘किराती पहिचान, हाम्रो अभियान, मौलिक पहिरन, हाम्रो सान’ भन्ने नाराका साथ किरात जातजातिको पहिचान झल्कने सम्पूर्ण भेषभूषा, गरगहना, बाजागाजा, खाद्यन्न लगायतका सम्पूर्ण सामग्री एकैथलोमा पाइने सांकेन क्रिएसन सञ्चालनमा आएको हो । बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले आज एक कार्यक्रमका बीच सांकेन क्रिएसनको उद्घाटन गर्नुभएको छ ।
प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेले पहिचान झल्कने सामग्रीको पसल बिर्तामोडमा मात्र नभई जिल्लामै पहिलो हुन सक्ने बताउनुभयो । पसलले बजारमा छुट्टै पहिचान बनाएर फस्टाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सबै जातजातिको सांस्कार–संस्कृतिसहितको पहिचान संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । “विदेशीहरुले हाम्रो पहिचान झल्कने सामानहरु लिएर आफ्नो घरमा सजाउँछन्”, उहाँले भन्नुभयो, “हामी चाहिँ त्यसको बेवास्ता गर्छौं ।” सबैले हाम्रा पहिचान झल्कने कुराहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
किरात राई यायोख्या झापा अध्यक्ष गणेश राईले शुभकामना मन्तव्य राख्नुहुँदै किरात संस्कृति कुनै एउटा जातको मात्र नभई सबैको भएको बताउनुभयो । उहाँले सबैलाई पहिचान नभई नहुने भएकाले सांकेन क्रिएसनले पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौंमा १० अघिदेखि सञ्चालनमा रहेको कराती पहिचान झल्कने साङ्केन क्रिएसनले बिर्तामोडमा शाखाको रुपमा स्थापना गरेको सञ्चालन गौरीमान राईले बताउनुभयो । ग्राहकको मागको आधारमा होम डेलिभरी र अनलाइन अडरको सुविधा पनि रहेको सञ्चालक गौरीमान राईले बताउनुभयो ।
सञ्चालक राईका पिता शेरबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, किरात याक्थुम चुम्लुङ झापा सचिव भीममाया कन्दङ्वा, धार्मिक अभियन्ता सरिता लिङ्देन, सञ्चालक राईकी माता पवित्रा राई लगायतको आतिथ्य रहेको थियो ।


