jhapaonline add

कनकाई, २७ बैशाख । झापाको कनकाईमा श्रीमानले धरिलो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । झापा कनकाई नगरपालिका–२ सुकेडागीका अन्दाजी ३५ वर्षीय कविराज हेमरनले शनिबार राति ११ः२० बजेको समयमा श्रीमती पूजा हेमरमको हत्या गरेका हुन् । झै–झगडा गरी आफु सुत्ने कोठामा धारीलो हतियार खुकरीले घाटीमा प्रहार गरी हत्या गरेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । खोजतलाशको क्रममा कविराज हेमरनलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको छ । घटना स्थाल सुरक्षित राखिएको, खुकुरी घटना स्थलवाट प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट भइरहेको छ ।

Read More

गाईघाट, २८ बैशाख । पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । आज गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो । प्रदेश २–०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यहाँको त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान कामविशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए । दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८…

Read More

झापा, २८ बैशाख । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संसद् बैठकमा नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। आज पनि बोल्न बाँकी सदस्यले सुरुमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने कार्यसूची छ। धारणा सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

झापा, २८ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

Read More

कावासोती, २७ बैशाख । कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ। यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

Read More

झापा, २७ बैशाख । वैदेशिक रोजगारी व्यवसायी महासंघ झापाको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । आगामी नेतृत्वका लागि अध्यक्ष पदमा धनबहादुर पन्धाक निर्विरोध भए पनि अन्य पदका लागि आज मतदान भएको थियो । कूल १०७ मतमध्ये १०३ मत खसेको निर्वाचन समितिले जनाएको छ । ऐतिहासिक प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संघको अधिवेशन बैशाख २५ गतेदेखि शुरु भएको थियो । सर्वसम्मत नयाँ नेतृत्व चयनको प्रयास गरिए पनि सम्भव नभएपछि निर्वाचन भएको हो । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, सुरक्षित बनाउने उद्देश्यले स्थापना भएको संघ गत २०८१ साउन २ गते विधिवत रुपमा संस्था दर्ता भएको संघका अध्यक्ष पन्धाकले बताउनुभयो…

Read More

झापा, २७ बैशाख । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुवै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ । विदेशमन्त्री मिश्रीले भन्नुभयो, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी…

Read More

चन्द्र बस्नेतकनकाई, २७ बैशाख । झापाको कनकाई–३ स्थित सुरुङ्गामा रहेको संगीत साधना कला केन्द्रले आफ्नो २२औं वार्षिक उत्सव मनाएको छ। २२ वर्ष अगाडि स्थापना भएको कला केन्द्रले शनिबार आज कनकाई ३ सुरुङ्गामा रहेकोे लाईन्स क्लब अफ कनकाई सुरुङ्गाको भवनमा संगीत साधना कला केन्द्रले आफ्नो २२औं वार्षिक उत्सव मनाएको हो। संगीत साधना कला केन्द्रकी अध्यक्ष तुलसा पाठकको सभापत्तित्वमा आयोजित वार्षिक उत्सव कार्यक्रममा शास्त्रीय संगीत गुरु कुशेस्वर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले हाम्रो जीवनका लागि संगीत अति आवश्यक रहेको, संगीतकै कारण मानिसमा अनेक दुस्ख पीडा विर्सने भन्दै रोगबाट वचन पनि संगीतमा रम्नु पर्ने बताउनुभयो ।उहाँले…

Read More

मेवाको पातको रस पिउनाले शरीरलाई धेरै फाइदा पुर्‍याउन सक्छ। मेवाको पातमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन डी र भिटामिन ई जस्ता तत्वहरू साथै एन्टी(अक्सिडेन्ट, फ्लेभोनोइड्स, क्यारोटिन हुन्छन्, जसले शरीरलाई धेरै समस्याहरूबाट टाढा राख्न मद्दत गर्दछ। मेवाको पातको रस पिउनुका फाइदा १. पाचन: मेवाको पातको रस पिएर पाचन राम्रोसँग राख्न सकिन्छ। किनभने यसमा पाइने इन्जाइमहरूले खाना छिटो पचाउन मद्दत गर्न सक्छ। २. रोग प्रतिरोधात्मक क्षमता: मेवाको पातको रस सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकिन्छ। यसमा धेरै यस्ता तत्वहरू हुन्छन् जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै संक्रमणको समस्याबाट पनि बचाउन मद्दत गर्दछ। ३. छाला: छालामा डण्डीफोरको समस्या भएमा…

Read More

काठमाडौँ, २७ वैशाख । आइसीसी महिला टी–२० विश्वकपको एसिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित हात पारेको छ । वर्षाका कारण ५–५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४।२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालको जितमा कविता कुँवरले १८ तथा सम्झना खड्काले अविजित १८ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउँदै ४१ रन बनायो । बहराइनका लागि कप्तान…

Read More