झापा, २८ बैशाख । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संसद् बैठकमा नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। आज पनि बोल्न बाँकी सदस्यले सुरुमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने कार्यसूची छ। धारणा सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
Facebook Comments Box


