कनकाई, २७ बैशाख । झापाको कनकाईमा श्रीमानले धरिलो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । झापा कनकाई नगरपालिका–२ सुकेडागीका अन्दाजी ३५ वर्षीय कविराज हेमरनले शनिबार राति ११ः२० बजेको समयमा श्रीमती पूजा हेमरमको हत्या गरेका हुन् ।
झै–झगडा गरी आफु सुत्ने कोठामा धारीलो हतियार खुकरीले घाटीमा प्रहार गरी हत्या गरेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । खोजतलाशको क्रममा कविराज हेमरनलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको छ । घटना स्थाल सुरक्षित राखिएको, खुकुरी घटना स्थलवाट प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट भइरहेको छ ।
Facebook Comments Box


