
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ बैशाख । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् । कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन् । कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । यता, शुक्रबार दिउँसो मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ डौंसुरका १५ वर्षीय भूपेन्द्र सावन बेपत्ता भएका छन् । उनीहरुको स्थानीय नागरिक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी कार्य जारी राखेको छ ।
झापा, २७ बैशाख । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको बताउनुभयो । सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको जनाइएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक/दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका…
झापा, २७ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको…
कनकाई, २७ बैशाख । झापाको कनकाई वडा नं. ७ मा महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको शुक्रबार सम्पन्न भएको छ। कनकाई वडा नम्बर ७ को आयोजनामा गत बैशाख २२ गतेबाट २६ गते ५ दिनसम्म सञ्चालन भएको तालिमको समापन कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाको अध्यक्षता र कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा उपप्रमुख शिवाकोटीले महिलाहरुले आफ्नो व्यतित्व विकास गर्न इच्छा शक्ति जागृत गर्नुपर्ने बताउनु भयो । उहाँले नगर र वडाले ल्याएका कार्यक्रममा महिलाको सहभागिता न्यून देखिनु अनि महिलाको लागि कार्यक्रम भएन भनि गुनासो गर्नु उचित नभएको बताउनुभयो । उहाँले यस्ता तालिमहरु नगरमा अतिआवश्यक रहेको…
बागलुङ, २६ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभएको छ । ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल सच्चिएर एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
नयाँदिल्ली, २६ बैशाख । क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ । “प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप अपडेटहरू उचित समयमा घोषणा गरिनेछ”, भारतीय क्रिकेट बोर्ड ९बिसिसिआई०का मानार्थ सचिव देवजित सैकियाले एक वक्तव्यमा भन्नुभयो, “क्रिकेट राष्ट्रिय उत्साह भए तापनि, हाम्रो देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाभन्दा महत्त्वपूर्ण अरू केही छैन ।” अधिकारीहरूले बिहीबार धर्मशालामा एउटा खेल रद्द भएपछि टी–२० प्रतियोगिता रोकेका थिए । धर्मशाला उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटर ९१२५ माइल० भन्दा कम दूरीमा छ । जम्मूमा केही घण्टा अघि विस्फोटहरू भएको खबर आएको थियो ।…
इलाम, २७ बैशाख । पाठ्यक्रममा आदिवासी जनजातिको अवस्था, इतिहासलाई समेट्न आदिवासीको अध्ययन अनुसन्धान थालिएको छ । काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा आदिवासीको शिक्षा र विकासलाई समेट्नका लागि जिल्ला जिल्लाबाट अध्ययन अनुसन्धान थालिएको हो । यसैक्रममा इलाम सदरमुकाममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन ललितपुर र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् इलामले काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहमा आदिवासीको शिक्षा र बिकास कार्यक्रम सम्बन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । हाल काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहको पहिलो वर्षमा आदिवासीको बारेमा अध्यापन भइरहे पनि दोस्रो वर्षमा पनि अध्यापन गराउन पाठ्यक्रम निर्माणको लागि जुटेको अवस्थामा अध्ययन थालिएको हो । पहिलो चरणमा कोशी प्रदेशको इलाम, सुनसरी, सङ्खुवासभा…
भद्रपुर , २६ वैशाख । जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । उहाँले बताउनुभयो । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या…
काठमाडौँ, २६ वैशाख । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङ्कङसँग खेल्नेछ । क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र युएई सहभागी छन् । जसलाई तीन समूहमा विभाजन गरिएका छन् । नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा हङ्कङ र बहराइन छन् । यसैगरी…
मुम्बई, २६वैशाख। भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबिच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ । बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन् । एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् । स्थानीय मिडियाले…