jhapaonline add

झापा, २५ पुस । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, कानुन, सोही समितिमा परिमार्जित मुख्य…

Read More

इलाम, २५ पुस । नेपालको पुरानो इतिहास बोकेको निशान पद मार्ग पहिचान गरि यसको संरक्षणको प्रयास थालिएको छ । इलामका ३ पालिका र नेपाली सेनाको रण सार्दल गणले दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान पदयात्रा सुरु गरिएको छ । निशान वीरतापूर्ण इतिहास पछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमा सूर्योदय नगरपालिका ४ मेचीबाट इलाम सूर्योदयको विभिन्न स्थान हुँदै माहजोगमाई गाउँपालिका हात्तीटार भएर इलाम सदरमुकाम सम्मको ३ दिने पदयात्रा थालिएको हो । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब २ सय ५० भन्दा बढीले पदयात्रा थालेका…

Read More

धनकुटा, २४ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ स्थितबाट प्रहरीले गोली फायर गरी लागूऔषध गाँजा बोकेको ५ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । पुस २४ गते बिहान सवा ४ बजे लागूऔषध गाँजा बिक्रिवितरण तथा ओसार पसार भइरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी–९ स्थित कच्ची सडक खण्डमा चेकजाँचको क्रममा एक साथ आउँदै गरेको ५ वटा मोटरसाईकल रोक्ने क्रममा मोटरसाईकलमा सवार रहेका व्यक्तिहरुले प्रहरी टोलीमाथी नै हातपात तथा ढुंगामुडा प्रहार गरे पश्चात प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायर गरी ओसार पसारमा संलग्न रहेका ६ जनालाई उनीहरुले मोटरसाईकलमा बोकेको १२० किलोग्राम गाँजासहित ५ वटा…

Read More

शिवसताक्षी, २५ पुस । झापा शिवसताक्षीको दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शिवसताक्षी ११ स्थित भुपु सैनिक संघको सभाहलमा कार्यक्रम गर्दै साधारण सभा सम्पन्न भएको हो । वि.स. २०६३ सालमा विधिवत रुपमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, इनरुवा, सुन्सरीमा दर्ता गरी सुरु भएको सहकारी आज सम्म आइपुग्दा ५८१ शेयर सदस्य बनाउन सफल भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा देवी मगरले संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय क्षेत्रमा विभिन्न संकट परेता सहकारीले आफ्नो काम निरन्तर गर्दै वित्तीय क्षेत्र चलायमान बनाउन सफल भएको बताइन् । उनले वित्तीय…

Read More

बिर्तामोड, २५ पुस । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल (भानु) को अध्यक्षतामा तथा झापा जिल्ला सहकारी संंघका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्यमा १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला आज सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कारोबारको हिसाबमा हाम्रो नेपाल कोशी प्रदेशमा छैठौं ठूलो रहेको बताउनुभयो । “बचतको तुलनामा ऋण लगानी धेरै गर्ने पनि हाम्रो नेपाल सहकारी नै हो”, उहाँले भन्नुभयो, “छोटो समयमा संस्थाले उल्लेख्य प्रगति गरेको…

Read More

विराटनगर, २५ पुस । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारतीय नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् । मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् । कम्पनीका अन्य कर्मचारीसहित उनी कार्यक्रमका लागि विराटनगर आएका थिए । बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खानपान) गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् । होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर लाइएको जोशीले बताए । धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका…

Read More

यति खेर जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोमा किन फुट्छ ओठ ? बरिष्ठ छालारोग विशेषज्ञ डा.अनिल झा भन्छन् , जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ । समाधानको उपाय के छ ? चिसो मौसममा…

Read More

काठमाण्डौ, २५ पुस । न्युजिल्यान्डका क्रिकेट खेलाडी मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले नेपाल प्रिमियर लिग एनपीएलमा पनि विराटनगर किङ्सको टोलीबाट खेलेका थिए । ३८ वर्षीय गप्टिलले आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा न्युजिल्यान्डका लागि ३ सय ६७ खेलमा १ सय ९८ एकदिवसीय १ सय २२ टी–२० र ४७ टेस्ट खेलेका छन् । उनले तीनै फर्म्याटमा २३ शतक प्रहार गर्दै अरु धेरै कीर्तिमानहरू बनाएका छन् । अकल्याण्ड एसिज टिमको कप्तानी गरिरहेका गप्टिलले टी–२० फ्रेन्चाइज क्रिकेट खेलिरहने बताएका छन् । गप्टिलले सन् २००९ देखि २०२२ सम्मको आफ्नो अन्तर्राष्ट्रिय करियर न्युजिल्यान्डको टी–२० इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको रूपमा…

Read More

एजेन्सी, २५ पुस । युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् । रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । आक्रमणपछि सार्वजनिक भएको भिडियोमा एउटा भवनमा आगो लागेको र केही गाडी जलेको देख्न सकिन्छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई रुसको आतङ्कवादविरुद्ध दबाब दिन अपील गर्नुभएको छ । रुसी सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसअघि पनि रुसले दुई वटा औधोगिक एकाइलाई निशाना बनाएको खबरमा उल्लेख छ ।

Read More

हेमराज शर्मा दाङ, २५ पुस । दाङको घोराहीबाट २४ केजी सात सय ९० ग्राम चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका – २ का ३९ वर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका – २ की २१ वर्षीया देउकली बुढा मगर र रोल्पाको त्रिवेणी गाउँपालिका – ७ का २९ वर्षीय प्रकाश घर्ती मगर पक्राउ परेका छन् । प्रतिबन्धित लागु औषध चरेसको अवैध ओसार पसार र बिक्रीमा लागेको आशङ्का गरिएकी रोल्पाकी एक महिलाको खोजी भई रहेको छ । घोराही उपमहागरपालिका –१३ सिर्जनशिल टोलका कुलबहादुर बस्नेतको घरको तल्लो तला खान तलासी गर्ने क्रममा ठूलो परिमाणमा चरेस बरामद भएको हो…

Read More