jhapaonline add

भद्रपुर, १६ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिर्तामोड नगर अस्पताललाई लाखौं मूल्य बराबरको स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तान्तरण गर्नुभएको छ । दातृ संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा बिर्तामोड नगर अस्पताललाई प्रदान गरेको रू ६८ लाख बराबरको एक सय ३६ प्रकारका विभिन्न अस्पतालजन्य सामग्री सभामुख घिमिरेले हस्तान्तरण गर्नुभएको हो । झापाको बिर्तामोड–३ स्थित बिर्तामोड नगर अस्पताललाई स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले पछिल्लो समय सरकारी अस्पताल सुविधा–सम्पन्न बन्दै गएकाले आमनागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न थालेको बताउनुभयो । “सरकारी अस्पताल निजी अस्पतालसहर सुविधा सम्पन्न भइरहेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य…

Read More

झापा, १६ माघ । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ । माघ २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको विहीवार बिहान प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले कलसमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । बिहान ८ बजे बिर्तामोड ५ स्थित बालाजी मन्दिर परिसरमा आयोजित कार्यक्रमकाबीच सभामुख घिमिरेले कलसमा गंगाजल अर्पण गरेपछि शोभायात्रा प्रारम्भ हुने र पाँचसय भन्दा बढी भक्तजनको सहभागीतामा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर कलसयात्रा बिर्सजन हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए । जसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आचार्य…

Read More

डोल्पा, १६ माघ । डोल्पाको मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो । मृतक सार्कीका ज्वाइँ र छोरी खेत गएको बेला घरमा आगलागी भएको थियो । आगलागीपछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरेको…

Read More

झापा, १६ माघ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा हुने भएको छ । काठमाडौंमा भएको केन्द्रीय समितिको पाँचौँ बैठकले महाधिवेशनको निर्णय गरेको महासचिव सन्तोष पौडेलले बताए । सङ्गठनको २१ ओं स्थापना दिवसको अवसरमा आयोजना गरिएको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरू निर्माण गरिएको महासचिव पौडेलले जानकारी दिए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, प्रचार तथा प्रकाशन समिति, आर्थिक व्यवस्था समिति, सदस्य तथा प्रतिनिधि अभिलेखीकरण तथा अनुगमन समिति, अतिथि सत्कार समितिलगायतका समितिहरू निर्माण गरिएको छ । नेकपा माओवादी केन्द्रका…

Read More

झापा, १६ माघ । सामाजिक अभियन्ता आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध मंगलबार जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो । उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो ।

Read More

मेष : मङ्गल कार्यमा सरिक भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मारिएला। वैदेशिक कार्य अघि बढ्नेछ। वृष : सुखदुःख बराबरी हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। साजसज्जामा ध्यान जानेछ। मिथुन : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। घरपरिवारमा झैझमेलाको अवस्था आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई साँझपख लाभ हुनेछ। कर्कट : नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रमणीय र सुखद यात्राको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।…

Read More

मोरङ, १६ माघ । कोशी प्रदेश सरकारले पहिचानवादीलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । केही दिनदेखि ताप्लेजुङलगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना नेतृत्वको समितिको आज बसेको बैठकले औपचारिक रूपमा वार्ताको आह्वान गरेको हो । ताप्लेजुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले…

Read More

झापा, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।…

Read More

झापा, १६ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली…

Read More

झापा, १६ माघ । गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । मंगलबार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन् । शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबिच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरूसँग छलफल सुरु गरेका हुन् । छलफलबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भएपनि केही व्यक्ति र समूहले धर्म संस्कृति…

Read More