
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ बैशाख । सुनसरी र झापाको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा हिजो दिउँसो सुनसरीको इटहरी उप महानगरपालिका १२ क स्थित कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल विराटनगर १७ मा बस्दै आएका मोहमद इब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय दमकबाटको प्रहरीको टोलीले कमल गाउँपालिका ५ का ३२ वर्षीय…
झापा, ३ बैशाख । इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ५ का ३० वर्षीय दीपक मर्डी रहेका छन् । गत चैत २८ गते झापाको कचनकवल गाँउपालिका १ घेरावारीबाट स्थानीय ६० वर्षीय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाइकल चोरी गरेर फरार रहेका मर्डीलाई हिजो दिउँसो झापाको कन्काई नगरपालिका २ सेल्फी डाँडाबाट प्रहीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, ३ बैशाख । झापाको शिवसताक्षी नगरपालिका ७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । हिजो बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका १० का ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा बिवेक बस्नेत नहरको साइफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए । मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मोरङको मंगलबारे अस्पताल पठएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, ३ चैत । नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ जम्मा भएको छ । आठ वर्षअघि संघले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा उक्त रकम जम्मा भएको हो । विभिन्न दाताहरुको सहयोगबाट कोषमा एक करोड पुगेको छ । कोषमा दान गर्ने दाताहरुलाई आज एक विशेष समारोहका बीच महासंघ झापा शाखाले सम्मान गर्दैछ । दानकताहरुलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्मान–पत्र प्रदान गर्नेछन् । सोही अवसरमा स्तरोन्नति गरेको महासंघको भवनको उद्घाटन समेत गरिने भएको छ । पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वि.सं. २०७३ पुस १६ गते कोष घोषणा गरिएको थियो ।
अर्जुनधारा, ३ बैशाख । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका दुई जना स्रष्टालाई दीर्घ साहित्य साधना सम्मान–२०८० प्रदान गरेको छ । नगरपालिकाले एक समारोहकाबीच प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य सम्मान–२०७९ बाट अर्जुनधारा–१ का कालीबहादुर थापा र २०८० बाट अर्जुनधारा–११ का संगीत साधक हस्त परियारलाई जनही रु. ५१ हजार नगदसहित सम्मान गरेको हो । सम्मानित व्यक्तित्व परियारको परिचय साहित्यकार केशव आचार्य र थापाको परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि अभागी थेगुवा र प्राज्ञ गुणराज शेर्माले कबिता वाचन गरेका थिए । साहित्यकार पुण्य खरेल, कृष्ण बराल, सुशीला सुवेदी, वडाध्यक्ष खगेन्द्र इङ्नाम, सामाजिक विकास संयोजक कौशिकलाल परियार (भोला) लगायतले शुभकामना…
झापा, ३ बैशाख । सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएका कारण जिल्लामा जनधनको क्षति बढेको बताउनुभयो । उहाँले विगत पाँच वर्षयता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । “जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “मकै हात्तीको मनपर्ने खाना हो । जति…
सुरेश आले ‘सर्जु’बिर्तामोड, ३ बैशाख । बिर्तामोड १० को सैनिकबजारको इतिहास खोतल्न करिब ६० बर्षअघि फर्किनु पर्छ । २०१९ सालमा तत्कालीन राजा स्व महेन्द्रले इलाम भ्रमण गरेदेखि सैनिकबजारको इतिहास शुरू हुन्छ। पूर्व राजा महेन्द्रले २ सयजना भूपू सैनिकहरुलाई १ हजार बिगाह जंगल फडानी गरि बस्ती बसाएपछि यस क्षेत्रको नाम सैनिक रहन गएको हो । शुरुमा यस क्षेत्रको नाम भूपू सैनिक हुँदै सैनिकबजार रहन गयो भन्ने इतिहासलाई प्रष्ट पार्नेगरी स्तम्भ निर्माण गरिएको छ । भूपू सैनिक स्मृति प्रतिष्ठानले बिर्तामोड–१० सैनिक बजार क्याम्पमा निर्माण गरेको सैनिक स्तम्भ आइतवार उद्घाटन गरिएको छ। निर्माण भएको लामो समयापछि सैनिक स्तम्भको उद्घाटन गरिएको हो। पार्कसहित सिसाको…
शिवसताक्षी, २ बैशाख । नयाँ वर्षको सुरुवातसँगै शिवसताक्षीका आदिबासी समुदायले सिरुवा पर्व मनाएका छन् । आदिवासी समुदायले शिवसताक्षीको चन्द्रडाँगीमा आज विविध साँस्कृतिक कार्यक्रम गर्दै सिरुवा पर्व भव्य रुपमा मनाएका हुन् । नयाँ वर्षका वैशाख १ गते पानी सिरुवा, २ गते काद (हिला) सिरुवा र ३ गते रङ सिरुवा मनाउने धार्मिक प्रचलन छ । हिजो पानी सिरुवा मनाएका आदिवासी समुदायले आज काद सिरुवा धुमधामका साथ मनाएका छन् । भोलि रङ खेल्दै सिरुवाको विधिवत रुपमा समापन गर्ने छन् । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पहिले घर घरमा मनाइदै आएको सिरुवा पर्व समुदायमा रहेर एक आपसमा भइचारा कायम गर्दै हर्ष उल्लासका साथ…
झापा, २ बैशाख । झापाको बिर्तामोडमा आज दिउँसो कुदिरहेको एउटा कारमा आगलागी भएको छ। आज दिउँसो पौने तीन बजे बिर्तामोड चोक नजिकै प्रदेश १–०१–००१च ९०९९ नम्बरको हुन्डाइको कारमा आफैँ आगलागी भएको हो । आगलागीबाट कारको अगाडिको भागमा क्षति पुगेको छ । आगलागी बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।
झापा, १ बैशाख । आज शनिबारदेखि विक्रम संवत्को नयाँ वर्ष २०८१ शुरु भएको छ। हरेक वैशाख १ गते नेपालमा नयाँ वर्षको रुपमा मनाइन्छ । शुभकामना आदानप्रदान गरी आज हर्षोल्लासका साथ नेपालमा नयाँ वर्ष मनाइँदै छ । सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ। विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको धर्मशास्त्रविदहरु बताउँछन्।…