
झापा, ३ बैशाख । झापाको शिवसताक्षी नगरपालिका ७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
हिजो बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका १० का ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा बिवेक बस्नेत नहरको साइफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए । मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मोरङको मंगलबारे अस्पताल पठएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


