
झापा, ३ बैशाख । इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ५ का ३० वर्षीय दीपक मर्डी रहेका छन् । गत चैत २८ गते झापाको कचनकवल गाँउपालिका १ घेरावारीबाट स्थानीय ६० वर्षीय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाइकल चोरी गरेर फरार रहेका मर्डीलाई हिजो दिउँसो झापाको कन्काई नगरपालिका २ सेल्फी डाँडाबाट प्रहीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


