jhapaonline add

भद्रपुर, २७ पुस । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा केदार महत निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा महत २५३ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी योगेन्द्र पौडेलले १६८ मत प्राप्त गर्नुभयो । त्यस्तै, सचिवमा रमेश भण्डारी २३२ मतका साथ विजयी हुनुभयो भने सचिवका अर्का प्रत्यासी गणेश गिरीले १९० मत ल्याउनुभयो । उपसचिवमा प्रमिला कोइराला २२४ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी तोर्णविक्रम कार्कीले १९३ मत पाउनुभयो । उपशाखाको सदस्यमा विकास कोइराला (२२९), मित्र अधिकारी (२१२), नुतन पौडेल (१९१), रमला बराल (२६५) विजयी हुनुभयो । उपशाखामा ८०० मतदाता रहेकामा ४४१ खसेको थियो ।

Read More

झापा, २७ पुस । झापा जिल्ला सहकारी संघ लिमिटेडको २८औँ वार्षिक साधारण सभामा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा आज संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारणसभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेश पोखरेलले सरकारले जारी गरेको सहकारी सम्बन्धी अध्यादेशको विषयमा सरोकारवाला निकायहरुसँग छलफल नगरिएको बताउनुभयो । सहकारी समस्या समाधानका लागि ल्याइएको अध्यादेश सरोकारवाला निकायसँग छलफल नगरी ल्याइएकाले त्यसमा संशोधन आवश्यक रहेको उल्लेख गर्नुभयो । संशोधनका लागि मन्त्रालयमा छलफल भइरहेको बताउँदै उहाँले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने आश्वासन पाएको बताउनुभयो । २०६२ सालमा नै सहकारीको नियमनका लागि दोस्रो तहको निकाय वा प्राधिकरणको आवश्यकता रहेको आफूहरुले औंल्याए पनि सोको बेवास्ता…

Read More

बिर्तामोड, २७ पुस । झापाको बिर्तामोड नगरपालिका-२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज संस्थाको कार्यालयको सभाहल अन्तिम माइन्युट प्रमाणिकरण भेला भएसँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो । ६ जिल्लाबाट छनोट भएका ३१ जना प्रतिनिधिले संस्थाको अन्तिम माइन्युट प्रमाणिकरण गरेका छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले पानसमा दीप प्रज्ज्वलन तथा संस्थाका संरक्षक नरनाथ गिरीले खुत्रुकेमा पैसा खसालेर साधारण सभाको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संरक्षक नरनाथ गिरीले सुझावसहित शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा सल्लाहकार केशव ओझा, देउमान थेवेले संस्थाको थप प्रगति कामना गर्नुभयो । संस्थाका कार्यकारी…

Read More

झापा, २७ पुस । झापाको मेचीनगर–१५ स्थित भगवती प्लाई फ्याक्ट्री नजिकको भित्री सडक खण्डमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार राति करिब ९ः३० बजे दक्षिणबाट उत्तरतर्फ गइरहेको रातो रंगको कारले भारतको पश्चिम बंगाल, कुचबिहार निवासी २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादकलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुबै जनालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा राति ११ः३० बजे अप्पु रायको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । गम्भीर घाइते केशव मादकलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको छ ।…

Read More

संगीतकर तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक भएको छ। राजनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतमा राजनको स्वर, संगीत र शब्द रहेको छ। गीतमा उनलाई डि क्याप्टेन वियोन्से स्वरमा साथ दिएकी छिन्। वियोन्से राजनको नै गीत ‘फुलबुट्टे सारी’ गाएर केहि वर्ष अगाडी चर्चामा आएकी थिइन्। उनले राजनसँग सहकार्य गरेको ‘ल्यासे पाउँ’ गीत सफल भएको थियो। केहि वर्षको अन्तरालमा सावजनिक यो गीतले टिकटकमा राम्रो क्रेज पाइरहेको छ। युट्युवमा पनि सोहि अनुसारको साथ पाउने राजनको विश्वास रहेको छ। राजुजंग बस्नेतले निर्देशन गरेको भिडियोलाई अभेसमनी बज्राचार्यले खिचेका छन्। भिडियोमा राजन र वियोन्सेको अभिनय रहेको छ ।

Read More

सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । स्वस्थ जीवनशैली कसरी अपनाउने ? यदि तपाँई धूमपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ । तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ । यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ । यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवनगर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ । यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण…

Read More

रोहित काफ्ले भद्रपुर, २७ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सदरमुकाम भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपरान्ह मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको बारेमा जानकारी लिएका हुन् । सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको सचिवालयमा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष पूर्व प्रदेशसभा सदस्य वसन्त वानियाँ, महासचिव जीवनकुमार श्रेष्ठ, भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले स्वागत गरेका थिए । सो क्रममा गोल्डकपका अध्यक्ष ढकालले सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको आसन्न दोस्रो संस्करणको तयारी र मेची रंगशालामा आवश्यक पूर्वाधारका बारेमा जानकारी गराउँदै सहयोगका लागि…

Read More

काठमाडौँ, २७ पुस। जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन् । वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ । दक्षिण एसियाका सन्दर्भमा नदीको बहावसँग सांस्कृतिक र अध्यात्मिक आवश्यकता पनि यससँग जोडिएको छ । वातावरणीय बहावको कार्यान्वयनका लागि मानव विकास, नदिको प्रयोग वा डाइभर्सन नगरी प्राकृतिक वा पुरानै बहावमा पुनस्थापित गर्न आवश्यक छैन, तर यसको सट्टा, खानेपानी, सिँचाइ वा ऊर्जामा मात्र केन्द्रित व्यवस्थापनभन्दा नदी तथा…

Read More

झापा, २७ पुस । पछिल्लो पाँच महिनाको अवधिमा नेपालबाट ७३ अर्ब ६६ करोडको वस्तु निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ सो अवधिमा नेपालबाट कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको नेपालको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको नेपालको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, ऊनको गलैँचा लगायतका वस्तुको निर्यात…

Read More

झापा, २७ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। शुक्रबार एकदिन उच्च मूल्यमै स्थिर रहेको अमेरिकी डलर आज थप महँगिएको हो। अमेरिकी डलरले उच्च मूल्यको नयाँ नयाँ रेकर्ड कायम गरिरँदा अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्रा पनि आज महँगिएका छन्। बहराइन र कुवेती दिनारको मूल्य पनि विगत केही दिनदेखि लगातार बढिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ।…

Read More