
भद्रपुर, २७ पुस । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा केदार महत निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा महत २५३ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी योगेन्द्र पौडेलले १६८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, सचिवमा रमेश भण्डारी २३२ मतका साथ विजयी हुनुभयो भने सचिवका अर्का प्रत्यासी गणेश गिरीले १९० मत ल्याउनुभयो । उपसचिवमा प्रमिला कोइराला २२४ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी तोर्णविक्रम कार्कीले १९३ मत पाउनुभयो ।
उपशाखाको सदस्यमा विकास कोइराला (२२९), मित्र अधिकारी (२१२), नुतन पौडेल (१९१), रमला बराल (२६५) विजयी हुनुभयो । उपशाखामा ८०० मतदाता रहेकामा ४४१ खसेको थियो ।
Facebook Comments Box


