jhapaonline add

झापा, १९ मंसिर । झापाको कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिकामा गौहत्याको आरोपमा पक्राउ परेका छ जनामाथि प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार कारबाही अघि बढाएको छ । मंसिर ११ गते कनकाई–३ टप्पुमा गाई काटेको आरोपमा बाह्रदशी गाउँपालिका–४ का ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई–३ मा बस्दै आएका २० वर्षीय दिलवर हुसेन, उनकी श्रीमती १९ वर्षीया महिदा खातुन र कनकाई–४ बस्ने २१ वर्षीय मोहम्मद मुन्ना आलम पक्राउ परेका थिए । मंसिर १३ गते अर्जुनधारामा पनि गौहत्या भएको थियो । त्यस घटनामा संलग्न अर्जुनधारा–४ का ५० वर्षीय राम तामाङ पक्राउ परेका छन् भने ५५ वर्षीय…

Read More

झापा, १९ मंसिर । झापाको गौरादह गरपालिका–४ स्थित डेरामारीमा गएराति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गौरादह–४ डोरामारी स्थित खड्गबहादुर कार्की गाई गोठमा अचानक आगलागी हुँदा गाई गोठमा भएको खसी एउटा, माउ बाख्रा एउटा, पाठापाठी ३ वटा, गाईको बाच्छी एउटा जलेर मरेको छ भने एउटा गाई जली घाईते भएको छ । त्यस्तै, सोही स्थानमा रहेको को १९ प ४४९८, को १९ प ६६७८ नम्बरको मोटरसाइकल, अन्नपात पूर्ण रुपमा जलेर नष्ट हुँदा करिब १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी, गौरादह नगरपालिकाको बारुणयन्त्र र स्थानीयबासीले…

Read More

गोरखा, १९ मंसिर । चार दिनदेखि सम्पर्कविहीन भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक किशोरीको शव फेला परेको छ। यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। जङ्गलबाट सुचिना घर नफर्किएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको प्रनाउ सुवेदीले जानकारी दिए। किशोरीको हत्या भएको अनुमान गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी…

Read More

झापा, १९ मंसिर । साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदीको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ । गृह मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीन जनालाई र अर्का हत्याको अपराधीलाई मृत्युदण्ड दिएको जनाएको छ । राज्य सञ्चार माध्यमको रिपोर्टमा आधारित तथ्याङ्कअनुसार यसले यस वर्षका लागि मृत्युदण्डको कुल सङ्ख्या ३०३ पुर्याएको छ । खाडी राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सय पटक लागू गरेको थियो । यसले हालका हप्ताहरूमा मृत्युदण्डको गति तीव्र रहेको देखाउँछ ।…

Read More

झापा, १९ मंसिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय…

Read More

झापा, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज कर्णाली याक्स र काठमाडौँ गुर्खाज तथा बिराटनगर किंग्स र लुम्बिनी लायन्स बीच हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ देखि शुरु हुने पहिलो खेलामा याक्स र गुर्खाज भिड्ने छन् भने दिउँसो १ः१५ देखि सुरु हुने दोस्रो खेल किंग्स र लायन्स प्रतिस्पर्धा गर्दैछन् । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

Read More

झापा, १९ मंसिर । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

Read More

झापा, १८ मंसिर । झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा आज दिउँसो मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपाने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–११ स्थित तेलिबारी बागमति प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए । उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउना साथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेको थियो । दुर्घटनामा संलग्न बस, बस चालक उदयपुर…

Read More

झापा, १८ मंसिर । युएईको सारजहामा जारी एसीसी एसियाकप यू–१९ एसियाकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। एसिया कप अन्तरगत समूहको अन्तिम खेलमा अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा पूरा गरेको हो । अफगानिस्तानले दिएको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा पूरा गरेको हो । त्यसअघि फैसल खानको अर्धसतकको मद्दतमा अफगानिस्तानले ३५.४ ओभरमा अलआउट हुनुअघि १२३ रन बनाएको थियो। यो जितसँगै एसियाकपमा नेपालले सुखद अन्त्य गरेको छ। यसअघिका दुवै खेलमा नेपाल पराजित भएको थियो। समूह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। यो समूहबाट अफगानिस्तान सबै खेलमा पराजित…

Read More

झापा, १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध आफूले अघि सारेका एजेन्डा उपनिर्वाचनबाट अनुमोदित भएको बताएका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले मतदातालाई आभार प्रकट गर्दै आफूले अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका हुन्। ‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ,’ प्रचण्डले विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ। यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको छ।’ ‘हाम्रो पार्टीले यस निर्वाचनलाई…

Read More