
झापा, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज कर्णाली याक्स र काठमाडौँ गुर्खाज तथा बिराटनगर किंग्स र लुम्बिनी लायन्स बीच हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ देखि शुरु हुने पहिलो खेलामा याक्स र गुर्खाज भिड्ने छन् भने दिउँसो १ः१५ देखि सुरु हुने दोस्रो खेल किंग्स र लायन्स प्रतिस्पर्धा गर्दैछन् । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।
Facebook Comments Box


