
झापा, १९ मंसिर । झापाको गौरादह गरपालिका–४ स्थित डेरामारीमा गएराति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
गौरादह–४ डोरामारी स्थित खड्गबहादुर कार्की गाई गोठमा अचानक आगलागी हुँदा गाई गोठमा भएको खसी एउटा, माउ बाख्रा एउटा, पाठापाठी ३ वटा, गाईको बाच्छी एउटा जलेर मरेको छ भने एउटा गाई जली घाईते भएको छ ।
त्यस्तै, सोही स्थानमा रहेको को १९ प ४४९८, को १९ प ६६७८ नम्बरको मोटरसाइकल, अन्नपात पूर्ण रुपमा जलेर नष्ट हुँदा करिब १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी, गौरादह नगरपालिकाको बारुणयन्त्र र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।
Facebook Comments Box


